काठमाडौँ ।
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामचन्द्र काफ्लेले आफ्नो जन्मदिनको अवसरमा नया गीत बजारमा ल्याएका छन् । कार्तिक १२ गतेको जन्मोत्सबको अवसरमा आउँदै गरेको नेपालीहरुको अर्को महान चाड तिहारको नयाँ गीत ‘यो तिहारैमा घरैमा नाचिन्छ’को भिडियो सार्वजनिक गरेका हुन् ।
कोरोना महामारीकै विच कलाकार काफ्लेले सार्वजनिक गरेको उक्त तिहारको गीतमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुले पनि स्वदेशमै बसेर केहि गर्न सक्छन भन्ने हौसला प्रदान गर्ने सन्देश दिईएको छ ।भिडियोमा देउसी भैलोको माध्यमबाट स्वदेशमै कर्म गर्न सुझाव दिइएकोे छ । चाडपर्व मनाउँदै गर्दा गीत मार्फत देशबाट यूवाहरुको पलायनलाई रोक्न र स्वदेशमै केही गर्ने हौसला दिनेगरी यसप्रकारको गीत ल्याएको काफ्लेले बताए ।रामचन्द्र काफ्ले र जुनु रिजालले गाएको गीतमा काफ्लेको आफ्नै संगीत रहेको छ भने शब्द राज कुमार बगरको रहेको छ ।
भिडियोमा सुधिर श्रेष्ठ, पल्पसा डंगोल, चक्र बम, गरिमा शर्मा, रुबिन अधिकारी, अस्मिता पन्त, बसन्त अधिकारी लगायतको अभिनय रहेको छ । बिधान कार्कीद्वारा निर्देशित भिडियोको छांयाकन उत्सव दाहालले गरेका छन भने सम्पादन बिकास दाहालले गरेका हुन ।भिडियो गायक रामचन्द्र काफ्लेकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेरौ म्युजिक भिडियो ।






