‘चिनी छैन’ भनेको रिसमा चिर्पटले हानेर किराना पसलेको दर्दनाक हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बहादुर बादीको हत्या गरिएको छ ।

हत्यामा संलग्न स्थानीय  ४४ वर्षीय रामचरण बादीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
हत्या गरिएका मन बहादुर बागमारा स्थित बादीटोलका किराना पसले हुन् । गएराती २ बजे चिनि किन्न भन्दै पसलमा आएका रामचरणलाई मृतक मन बहादुरले ‘चिनी छैन’ भनेपछि उनले आक्रमण गरेका थिए ।

मध्यराती ढोका ढकढक्याएको र ढोका खोली सकेपछि चिनी सोध्ने क्रममा ‘छैन’ भन्नसाथ चिर्पटले हानेर हत्या गरेको आरोपी रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् ।

शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए ।