कोरोना अस्पतालमा आगलागी हुदाँ ८ जना संक्रमितको मृत्यु

गुजरात। भारतको गुजरातमा रहेको एक कोरोना अस्पतालमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ८ जना कोरोना संक्रमितको मृत्यु भएको भारतिय मिडियाले जनाएका छन् ।

आगलागी भएको उक्त अस्पतालको नाम श्रेय अस्पताल रहेको भारतिय मिडिया अमर उजालाले जनाएको छ । आगलागी भएपछि अन्य ३५ कोरोना संक्रमितलाई अर्को वार्डमा सारिएको हो ।

उक्त घटना प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक ब्यक्त गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।