शिब भण्डारी
लन्डन। लन्डन स्थित पशुपतिनाथ मन्दिरको आयोजनामा साउथ ईष्ट लन्डनका विभिन्न ठाउँमा बसोबास गर्दै आएका परिवारलाई राहत उपलब्ध गराएको छ ।
कोभिड–१९ को संक्रमणले खाद्यान्नलगायत अन्य समस्या झेल्नु भएको छ र साउथ इष्ट लन्डन वरिपरि हुनुहुन्छ भने पशुपतिनाथ मन्दिरमा सम्पर्क राख्न मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कडेलले आग्रह गरेका छन् । नेपाली तथा अन्य समुदाय कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको समस्या झेल्नु भएको छ भने पशुपतिनाथ मन्दिरले गत बिहीबार अर्थात् ७ मे बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म खाद्यान्न तथा राहत वितरण गरेको छ ।
‘पहिलो दिनमा नै उल्लेखनीय सेवा गर्न सफल भएको उक्त कार्य हप्ता दिनसम्म बिहान १० बजदेखि १२ बजेसम्म चल्ने छ’ अध्यक्ष कडेलले लन्डन नेपाल न्यूजसँग भने, ‘खाद्यन्न समस्या भएका महानुभावले प्लमस्टेट अवस्थित पशुपतिनाथ मन्दिर आई खाद्य सामग्री प्रसादको रुपमा ग्रहण गर्न आमन्त्रण गर्दछु, साथै असक्त र हिडडुल गर्न असमर्थ महानुभावका लागि खाद्यान्न सामग्री घरसम्म पुयाउने व्यवस्था समेत गरेका छौं ।’
‘बिस्वब्यापी महामारी कोरोनाका कारण देश लकडाउनमा छ ।लकडाउनका कारण जीवन कष्टकर बनेको भन्दै सकेको सहयोग गर्ने हाम्रो प्रतिवद्धता छ । समस्यामा परेका आधारमा सामाग्री बितरण गरिने उपाध्यक्ष डासुराम पाण्डे बताए।
दुःखमा पनि पशुपतिनाथ मन्दिर भक्तजन हरुको साथमै रहेको सन्देश सहित आफु सक्दो राहत बितरण गरिएको र अझै निरन्तर रहेको सचिव कल्पना त्रिपाठी बताउनु भयो ।
यो जटिल परिस्थितिमा बेलायतको साउथ इष्ट वरिपरि रहेका महानुभाव जो बेलायत सरकारको सुझाव अनुसार आइसोलेसनमा बसेका छन् अथवा समस्यामा परी बाहिर निस्की अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु तथा पे्रप्किप्सन अनुसारका औषधि आपूर्ति गर्न कठिन भएको छ भने पशुपति मन्दिर व्यवस्थापन समितिका निम्न पदाधिकारीसँग सम्पर्क राख्न सकिने छ ।
अध्यक्ष नरेन्द्र कडेल ०७४१५१०२३१०, उपाध्यक्ष डासुराम पाण्डे ०७८५९००३२९९५, सचिव कल्पना त्रिपाठी (मन्दिर) ०७३०५६७९७२१, कोषाध्यक्ष गोपालप्रसाद अर्याल ०७८१८०४०५२३, सहसचिव जीवन वाग्ले ०७५३५९०२१६१ मा सम्पर्क गर्न सकिने मन्दिर व्यवस्थापनले उल्लेख गरेको छ ।






