बार्सिलोना
भोला लामिछाने ,
नेपाल बाट स्पेनमा आएर बसोबास गरेका क्षेत्रीहरूले आज बार्सिलोनामा एक भेला सम्पन्न गरेका छन् । भेलाले सोनु रावतकोसंयोजकत्वमा तदर्थ समिती गठन गरेको छ ।
उक्त तदर्थ समितीमा अध्यक्ष संयोजक सोनु रावत , उपाध्यक्षमा सरोज राज विष्ट , उर्वसी खड्का, महासचिव ओम बहादुर बानिया, सचिव मनुष जंग खड्का, कोषाध्यक्ष सविता अधिकारी सदस्य पुस्कर कार्की , बसन्त बिक्रम थापा, निराजन कार्की, सविनबानिया, राहुल बस्नेत, मुकेश क्षेत्री, रोहित खत्री, सविता के सी राम बहादुर थापा रहेका छन् ।
साथै समाजले सल्लाहकार नियुक्त समेत गरेको छ । डिक कार्कीको संयोजकमा सन्त बहादुर क्षेत्री, पुस्प के सी , सुन्दर रानाभाट , राजु शमसेर थापा, भोला लामिछाने, विष्णु रिजाल, पुस्प राज भन्डारी, दिपक क्षेत्री, सुमी घिमिरे सापकोटा सल्लाहकार रहेका छन् ।
स्पेनमा छरिएर रहेका क्षेत्री समुदाय लाई एकत्रित गरेर समाज मा भै परी आउने दुख सुखमा साथ दिन संस्था को आवश्यकता परेकोअभियन्ताहरूले बताएका छन् ।






