काठमाडौं, २३ चैत्र । पुर्व युवराज पारस शाहले आज विभिन्न मन्दिरहरुको दर्शन गरेका छन् । आफ्ना समर्थकसहित मन्दिर दर्शनका लागि हिडेका शाहले आज बिहान पशुपतिनाथ, गुह्येश्वरी, संकटा लगायतका मन्दिरहरुको दर्शन गरे । ती मन्दिरहरु पुग्दा उनलाई आफ्ना समर्थकहरुले स्वागत गर्दै जयजयकार गरेका थिए । शाह बिहीबार थाइल्याण्डबाट फर्किएका हुन् ।
पारस शाह मन्दिर पुग्दा जयजयकार






