लण्डन । बेलायतमा नेपाली सेफहरुको संगठन (नेप्लिज सेफ एशोसिएसन ) युकेले नयां वर्षको अवसरमा एक शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । एशोसिएसनले अंग्रेजी नयां वर्ष सांझ मनाउने भएको हो।
बेलायत स्थित विभिन्न क्षेत्रमा कार्यरत सेफहरुको सहभागितामा एकआपसमा शुभकामना आदानप्रदान गरि नयाँ वर्ष मनाउने तयारी गरिएको एशोसिएसनका अध्यक्ष दधि आचार्याले बताए ।
उक्त कार्यक्रमको संयोजन एनआरएनए युके इङ्ल्यान्ड राज्यसमितिका सदस्य एबम नेप्लिज सेफ एसोसिएसन युकेका उपाध्यक्ष मोहन ओलीले गरेका छन्।
कार्यक्रम ६ जनवरी,सोमबार लन्डन इष्टकोट स्थित भेन्यू फाइभ रेष्टुरेन्टमामा सांझ ५:३० बजेदेखि राती अबेरसम्मका लागि तय गरिएको संयोजकओलीले लन्डन नेपाल न्यूजलाई बताए ।कार्यक्रम संयोजनक ओलीका अनुसार कार्यक्रममा सहभागिताका लागि मात्र १५ पाउण्डको टिकट तोकिएको छ । सोहि टिकटमा डिनर समेत उपलब्ध गराइनेछ।
यसैगरी कार्यक्रममा नेपालका दुई राष्ट्रिय कलाकार भिम पौडेल र सिर्जु अधिकारी सहित स्थानीय कलाकार तथा शेफ हरुको बेजोड प्रस्तुति रहने कार्यसमिति सदस्य राजु बोहोराले बताए ।
नेपलिज सेफ एशोसिएसन यूके सन् २०१२मा समाजसेवी कृष्ण तिमल्सेनाको अध्यक्षतामा स्थापना भएको हो ।आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।






