एजेन्सी- साउदी पत्रकार जमाल खाशोगीको हत्या साउदी राजकुमार मोहम्मद बिन सलमानकै योजनामा गरिएको खुलासा भएको छ । पत्रकार जमाल खाशोगीलाई गत वर्ष अक्टोबर २ मा साउदी एजेन्टले हत्या गरेका थिए। उनको हत्या टर्कीको इस्तानबुल शहरको साउदी वाणिज्य दूतावासमा गरिएको थियो ।
आगामी अक्टोबर १ मा सार्वजनिक गर्ने तयारीमा रहेको एक डकुमेन्ट्रीमा यो कुराको रहस्य खुलाइएको हो । उक्त बृत्तचित्र(डकुमेन्ट्री)मा साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानकै योजनामा पत्रकार खाशोगीको हत्याको गरिएको जनाइएको छ । साउदी अरेबियाको क्राउन प्रिन्स शीर्षकको उक्त (डकुमेन्ट्री) वृत्तचित्रका अनुसार राजकुमार सलमानले नै उक्त कुरा स्वीकार गरेका छन् ।
डकुमेन्ट्रीमा राजकुमार सलमानले भनेका छन् कि खाशोगीको हत्या उनको प्रत्यक्ष निगरानी र योजनामा गरिएको थियो । यो वृत्तचित्र १ अक्टुबरमा प्रसारित हुने जनाइएको छ । खाशोगीको हत्या गर्न १५ साउदी एजेन्टहरू विशेष विमानबाट टर्की गएको पनि उक्त डकुमेन्ट्रीमा खुलाइएको छ । पत्रकार खाशोगीको मृत शरीर अहिले सम्म भेटिएको छैन । यद्यपि, राजकुमार सलमानले यस नरसंहारको बारेमा सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
यसरी टर्कीको साउदी वाणिज्य दूतावासमा भएको थियो हत्या
डकुमेन्ट्रीमा मुहम्मद बिन सलमानले अमेरिकाबाट प्रसारण हुने सार्वजनिक प्रसारण सेवा (पीबीएस) का मार्टिन स्मिथलाई भनेका छन्, ‘यो घटनाको म सबै जिम्मेवारी लिन्छु किनकि यो मेरो प्रत्यक्ष निरीक्षणमा भएको थियो।’ स्मिथले उनलाई सोधेका छन कि तपाइँको जानकारीबिना कसरी यो काम सम्भव भयो त ? उनले भनेका छन्, ‘हाम्रो देशमा दुई करोड जनसंख्या छ र करिव ३० लाख सरकारी कर्मचारी छन् । यो कामको कार्यान्वयन तीमार्फत भएको हो ।’
खाशोगीको हत्यामा सरकारी विमानको प्रयोगको सवालमा साउदी राजकुमारले भनेका छन्, ‘मसँग कुरा गर्न सरकारी अधिकारी र मन्त्री छन् । तिनीहरू यसका लागि जिम्मेवार छन् । उनीहरूसँग यो काम गर्ने अधिकार पनि छ ।’ स्मिथका भनाईअनुसार यो कुराकानी भने क्यामेराका अगाडि भएको होइन ।
राजकुमारले दिएको थिए आदेश
अमेरिकी गुप्तचर एजेन्सी सीआईए र धेरै पश्चिमी देशहरूले राजकुमार सलमानले नै खाशोगीको हत्याको आदेश दिएको दाबी गर्दै आइरहेका छन् । जबकि साउदी अरेबियाले भने यसमा उनको कुनै भूमिका नभएको दाबी गर्दै आएको छ ।
पत्रकार खाशोगी राजकुमार सलमानका आलोचक थिए
खाशोगी अमेरिकामा बस्थे र वाशिंगटन पोष्टका लागि स्तम्भहरू लेखे । उनी राजकुमार सलमानका कडा आलोचक थिए । साउदी सरकारले शुरुमा उनको हत्य भएको भन्ने कुरा स्वीकार गरेको थिए । तर आलोचना पछि विश्वव्यापी रुपमा आलोचना सुरु भएपछि उसले यो घटनालाई हत्या नै भएको हो भनेर साउदी अरेबियाले स्वीकारको थियो । यस मुद्दामा ११ साउदी संदिग्धलाई अभियोग लगाइएको छ । डकुमेन्ट्रीमा (वृत्तचित्र)मा मारिएका पत्रकार खाशोगीको पनि अन्तर्वार्ता सुन्न सकिन्छ ।
यो अन्तर्वार्ता उनको हत्या हुनुभन्दा केही महिनाअघि लिइएको थियो, तर कहिले लिइएको थियो भनेर खुलाइएको छैन । उक्त अन्तरवार्तामा उनले राजकुमार सलमानको समर्थक हुँदाहुँदै कसरी आलोचक बन्न पुगे भन्ने विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छन् ।






