सिद्धान्तको टुंगो नभएका कम्युनिष्टहरु नेपालमा ‘सी’ पथ परीक्षण गर्न लागेः नेता पौडेल

दाङ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको टिप्पणी गरेका छन् ।

दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकाल देखि नै सिद्धान्तमा ‘कन्फूज’ भएका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको आरोप लगाए ।

पौडेलले भने, ‘कम्युनिष्टहरु हिजो सम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के हुँदै अहिले सी पथमा पुगेका छन् ।

समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन कम्युनिष्टहरु तर नेपालको समाजवाद के हो भन्ने सक्दैनन । केहिले के कहिले के भनेर छलछाम गर्दै हिडेका छन् । जनतालाई गुमराहमा राख्ने काम गरिरहेका छन् । आफुहरु सिद्धान्तमा नै कन्फुज भएपछि जनतालाई पनि कन्फुजनमा राख्ने प्रयास गरिरहेका छन् ।’

उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको बताए ।

नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्यनिष्ट नेताहरुले केही काम गर्न नसकेको दाबी गरे ।

पौडेलले नयाँ परियोजना सुरु गर्दा सरकारमा भएका मान्छेहरुले कमिशनको भाग खोज्न थालेको बताए । उनले भने– ‘देशका विकास योजनाको कम्युनिष्टहरुले कमिशनको भाग खोजेका छन् ।

यसले गर्दा देशका जनतामा निराशा छाएको छ ।’ कम्युनिष्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिड्न थालेका भन्दै यो अर्कोे मुर्खता मात्रै हुने पौडेलल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *