इराकमा प्रार्थनास्थलमा भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु

इराक । इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । उक्त घटनामा भागदौडका क्रममा कम्तीमा १ सय जना घाइते भएका छन् ।

सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बगदादबाट करिब १ सय किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट केही धर्मावलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटनामा मृत्यु हुनेको संख्या केही बढ्नसक्ने अनुमान सरकारी अधिकारीले गरेका छन् ।

कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक वर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *