२८ लागिन् कंगना, जान्नुहोस् उनको जीवन कथा

हिन्दी फिल्म ‘क्वीन’ मा काम गरेर सर्वोत्कृष्ट नायिकाको रुपमा फिल्म फेयर अवार्ड पाएकी कंगना राणावत २८ वर्ष लागेकी छिन् ।

अवार्ड पाए पनि उनी अवार्ड कार्यक्रममा उपस्थित थिईनन् । अवार्ड कार्यक्रम सकिएको केही दिनपछि रेखाले उनको निवासमै अवार्ड पुर्‍याईदिएकी थिईन् । संघर्ष गरेर बलिउडमा स्थापित भएकी मध्ये एक हुन् कंगना राणाबत ।

सन २००५ मा बनेको थ्रीलर फिल्म ग्याङस्टारवाट करिअर सुरु गरेकी थिईन् उनले । उक्त चलचित्रमा इमरान हासमी र साहीनी आहुजासँग काम गरेकी कंगनाले सोही चलचित्रवाट सर्वोत्कृष्ट नव नायिकाको फिल्मफेयर अवार्ड पाएकी थिईन् ।

पहिलो फिल्ममै आफ्नो क्षमता प्रस्तुत गर्न सफल कंगना सोही फिल्मवाट बेजोड प्रतिभाको रुपमा स्थापित भईन् ।

सामान्य परिवारमा जन्मिएकी कंगना आफ्नो दृढ इच्छा शक्तिकै कारण छोटो समयमै प्रसिद्ध नायिका हुन सफल भईन् ।

परिवारबाट ठूलो अबरोध भएपनि उनी भागेर मुम्बई आइन र करियरको खोजीमा भौतारिइन् ।

फिल्ममा ब्रेक पाउनुपहिले उनले थियटरमा काम गरिन् । फिल्ममा ब्रेक पाएपछि उनले पछि फर्केर हेर्नुपरेको छैन् ।

कंगनाले यही बर्ष न्यूयोर्कमा स्क्रिप्ट राइटिङसम्बन्धी अध्ययन सकेर फर्केकी छिन् । भबिष्यमा आफैले फिल्म निर्देशन गर्ने उनको लक्ष्य छ ।

तर, उनी आफैलाई भने धेरै फिल्म हेर्न मन पर्दैन् । फुर्सदका बेला उनी किताव पढ्न र म्यूजिक सुन्न रुचाउँछिन् ।