साउथ वेस्ट नेपाली समुदायमाँझ स्वास्थ्य जनचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

तक्दिर अधिकारी
सिड्नी । साउथ वेस्ट नेप्लिज कम्युनिटीले शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । झन्डै दर्जन विशेषज्ञ डाक्टरहरुले स्वास्थ्यसम्बन्धी सचेतनामूलक सुझाव दिएका थिए । कार्यक्रम् मा सिड्नीका विभिन्न संघसंस्थाका प्रतिनिधि, सांसद, मेयर, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

मिन्टो कम्युनिटी सेन्टरमा भएको कार्यक्रममा डा. प्रविन पाठकले पुरुषको पोस्टेट क्यान्सर कसरी थाहा पाउने र उपचार पद्धतिबारे सुझाव दिएका थिए । प्रोेटेस्ट क्यान्सर के हो, यो कसरी लाग्छ, यो रोग लागेको कसरी थाहा पाउने र उपचारविधिबारे डा. पाठकले सुझाव दिएका थिए । यस्तै डा. बाबुराम बस्ताकोटीले मधुमेह रोग कसरी लाग्छ, यो रोग लागेको कसरी थाहा पाउन सकिन्छ र यसका उपचार विधि के हुन्छन भन्ने बारेमा सुझाव दिएका थिए । विशेषतः मधुमेह रोग खानपान र परिवर्तिन जीवनशैलीले गर्दा हुने डा. बस्ताकोटीले बताए । मधुमेहका किसिम र अधिकांशलाई देखिने टाइप–२ मधुमेहबारे डा. बस्ताकोटीले जानकारी दिएका थिए । खानपानमा सर्तकता, जीवनशैलीमा सुधार तथा नियमित व्यायम गर्नुपर्ने सुझाव डा. बस्ताकोटीको थियो ।

यस्तै सिनियर नर्स कन्सल्टेन्ट प्रमिला सापकोटाले स्तन क्यान्सरबारे सुझाव दिएकी थिइन् । स्तन क्यान्सर रोग लागेको कसरी आफै थाहा पाउन सकिन्छ भनेर उनले जानकारी दिइन् । सुरुको अवस्थामा उपचार सजिलो हुने, यसको इतिहास तथा नेपाल र अस्ट्रेलिया यो रोगको अवस्थाबारे कन्सल्टेन्ट सापकोटाले जानकारी दिएकी थिइन् ।

आफूलाई बुढाबुढीको डाक्टर भन्ने गरेको भन्दै सुरुमा सबैलाई हसाएका डा. सीताराम जोशीको प्रस्तुति धेरै रमाइलो थियो । उनले जेष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी सुझाव दिएका थिए । जेष्ठ नागरिकलाई आइपर्ने समस्या, लाग्ने रोगबारे कसरी थाहा पाउने, उनीहरुको चाहना र इच्छा कस्ता हुन्छन् भन्ने बारेमा डा. जोशीले सुझाव दिए । उनीहरुको मानसिक अवस्था तथा नेपाल र अस्ट्रेलियामा जेष्ठ नागरिकको उदाहरण दिँदै सहभागीलाई हसाउँदै आफ्ना प्रस्तुति डा. जोशीले राखेका थिए ।

मृत मान्छेको मुटु जिउँदो मान्छेमा प्रत्यारोपण गरेर सन् २०१४ अक्टोबरमा विश्वमा नै चर्चित भएका डा. कुमुद धितालले मुटुलाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका थिए । सेन्ट भिसेन्ट युनिभसिटीका एसोसिएसन प्राध्यापक डा. धितालले स्वास्थ्य मुटुका लागि अपनाउनुपर्ने विधिका बारेमा सहभागीलाई सुझाएका थिए ।

डा. अञ्जु पाण्डेले महिला स्वास्थ्यका बारेमा जानकारी दिएकी थिइन् । उनले पाठेघरको अवस्था र त्यसमा हुने संक्रमणबारे बोलेकी थिइन् । अस्टे«लियामा महिलाको पाठेघरको कसरी समस्या आइरहेको छ, त्यसको उपचार विधि र जुनसुकै उमेर समूहलाई यो रोग लाग्न सक्ने भएकाले सचेत रहन डा. पाण्डेले सबैसँग आग्रह गरेकी थिइन् ।

डा. महेन्द्र नेपाल मानसिक रोग विज्ञ हुन् । उनले कसरी मानसिक असन्तुलन हुन्छ, यसको पूर्व लक्षण के हो र कस्तो असर पार्छ भन्ने बारेमा बोलेका थिए । सुरुको अवस्थामा यसलाई नियन्त्रण राख्न सकिने जानकारी दिँदै डा. नेपालले कामको दबाब र पद्धतिले गर्दा मानसिक असन्तुलन हुने सम्भावना बढी हुने बताए । दाँत रोग विशेषज्ञ डा. रुपेश केसीले दाँत सडन भएको अन्तिम अवस्थामा मात्र अस्पताल आउने प्रचलन रहेको बताए । जसले गर्दा उपचार पद्धति जटिल हुने उनको तर्क थियो । दाँतलाई स्वास्थ्य राख्न अपनाउनुपर्ने विधिबारे डा. केसीले सुझाएका थिए ।

साउन्थ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष तथा कार्यक्रम संयोजक डा. देवेन्द्र सापकोटाले उत्साहजनक सहभागिताले आगामी दिनमा यस्तो सचेतना कार्यक्रम गर्ने प्रेरणा मिलेको बताए । उनले भने, कार्यक्रममा समुदायको धेरै सहयोग पाइयो, सहयोगी विभिन्न पेशा व्यवसायीलाई धन्यवाद । आगामी दिनमा अरु कम्युनिटीलाई पनि समेट्ने भन्दै डा. सापकोटाले यस्तो स्वास्थ्य सचेतना कार्यक्रम अस्ट्रेलियाको अन्य क्षेत्रमा पनि सञ्चालन गर्ने कार्यक्रम गर्ने योजना सुनाए । आफूले जानेको सिप, समुदायमा फैलाउनुपर्ने डा. सापकोटोले बताए ।

 

 

 

https://www.facebook.com/londonnepalnews/videos/428967854321258/

Leave a Reply

Your email address will not be published. Required fields are marked *