बेलायतबासी नेपालीले गरे,कृष्ण वलीलाई रु १ लाख सहयोग,

काठमाडौं, आफ्ना दुबै हात गुमाएका कृष्ण वलीलाई बिभिन्न संघ-संस्था र ब्यक्तिहरुबाट सहयोग गर्ने क्रम बढ्दै गएको छ। काठमाडौंको कुलेश्वर स्थित कोठा लिएर डेराम बस्दै आएका वली परिवारको पिडामा सहयोगरुपी मलम लगाएका छन्, बिगत १८ बर्ष देखि लण्डन बस्दै आईरहेका कागेश्वरी मनोहरा-८, गोठाटार निवासी बालकृष्ण दाहालले।
आफ्ना परिवार संग कुलेश्वरको कोठाको पलङमा बसिरहेको बेला एक्कासी नायक तथा मोडल पल शाह र लण्डनबासी बालकृष्ण दाहाललाई आफ्नो ढोकामा देख्दा वली परिवार निकै अचम्मित भयो। चिरपरिचित अनुहार सहित उनिहरुको सहयोगको लागी आएको भन्ने जानकारी पाएपछी कृष्णले आफ्नो दुख-पिडा सबै बिर्सिए। बेलायतबासी नेपाली दाजुभाई तथा दिदी-बहिनिहरु बाट सहयोग जम्मा गरेर प्रतिनिधी पात्रको रुपमा रकम हस्तान्तरण गर्न पुगेका बालकृष्ण दाहालले नगद रु १ लाख नायक पल शाहको उपस्थितीमा हस्तन्तरण गरे।
कागेश्वरी मनोहरा-८, गोठाटारका समाजसेवी रामशरण दाहालका छोरा बालकृष्णले दुखमा परेको नेपालीलाई यसरी सहयोग गर्न पाउंदा निकै खुशी लागेको प्रतिक्रिया लण्डन नेपाल न्यूजको टिमलाई दिएका छन्। बेलायतको रिडिङमा बिगत १८ बर्ष देखि बसोबास गर्दै आएका दाहाल निकै लामो समय रिडिङ समाज यूकेमा संलग्न रहि आएका थिए भने २००९ देखि बेलायतबासी नेपालीहरुकै सामाजिक सेवामा कार्यरत संस्था पेनि फर नेपालमा ट्रस्टीको रुपमा आवद्द रहिआएका छन्। बिदेशमा रहेर पनि आफ्नो देशमा केहि गरौं भन्ने भावना भएका सम्पुर्ण नेपाली प्रति हार्दिक आभार लण्डन नेपाल न्यूजको तर्फबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *