लन्डन- लन्डन नेपाल न्यूज डट कमका प्रधान सम्पादक शिव भण्डारीलाई नर्सिङ एसोसिएसन यूकेले कदर पत्र प्रदान गरेको छ ।
बेलायतमा पत्रकारितामार्फत नेपाली समाज र नेपाली नर्सहरुको विविध पक्षलाई उजागर गरेको भन्दै एसोसिएसनले कदर पत्र प्रदान गरेको हो ।
नर्सिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष अजिता सिंखडा, पूर्वअध्यक्ष बासु लामिछाने, प्रसुना कँडेल तथा अध्यक्ष विनोद विकास सिंखडाले प्रधान सम्पादक भण्डारीलाई कदर पत्र प्रदान गरेका हुन् ।






