निर्मलालाई न्याय सडकको भीडले दिँदैन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा रेल खरिद प्रकृया अघि बढिसकेको भन्दै नेपालले आफ्नै रेल चलाउने बताएका छन् । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रेल र पानी जहाजबारे फैल्याइएका अफवाहबारे आफु जानकार रहेको भन्दै त्यस्ता अफवाहहरु अफवाहमै सिमित हुनेगरी सरकारले काम गरिरहेको दावी पनि गरे ।

काठमाडौं–पोखरा रेलमार्गबारे समझादारी भैरहेकोले छिट्टै त्यो प्रकृया पुरा हुने प्रधानमन्त्रीले बताए । भएको कामलाई पनि केहीले नभएको भनेर प्रचार गरेकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाए । उनले तुइन विस्थापित गर्ने काम भइरहेको भन्दै १७ वटा तुइन यसैवर्ष विस्थापन भइसक्ने र ती स्थानमा झोलुङ्गे पुल निर्माणको काम भइरहेको दाबी गरे ।

विदेशीसँगको सम्बन्ध विस्तार, कुटनीतिक सम्बन्ध सुदृढ भएको भन्दै आगामी बर्षभित्र मुलुकलाई साक्षर बनाउने काममा सरकार लागि रहेको प्रधानमन्त्री ओलीले बताए । उनले मालपोत कार्यलयमा अनलाइन सेवा सञ्चालन गरिएको, सिण्डिकेट अन्त्यका लागि प्राधिकरण गठन गरेर अघि बढिरहेको तथा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आफु प्रतिबद्ध भएको बताए ।

उनले अपराध नियन्त्रणका सवालमा प्रहरीले ९६ प्रतिशत सफलता हासिल गरेपनि केही घटनालाई लिएर अतिरन्जन गरिएको भन्दै निर्मला पन्तलाई न्याय सडकको भिडले नदिने न्याय दिने कम सरकारकै भएकाले र आफु सरकारको नेतृत्वकर्ता भएकाले आफु त्यसबाट पछि नहट्ने बताए । लामो समयदेखि निर्मला प्रकरणमा दोषी पहिचान गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *