हङकङ ब्यापार संघले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई ४० लाख सहयोग

काठमाडौँ – हङकङ नेपाली व्यापार संघले राष्ट्रिय आविस्कार केन्द्रलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ । काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै संघले सो रकम केन्द्रलाई हन्तान्तरण गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष तेजप्रकाश पुन र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सो रकम केन्द्रका अध्यक्ष महावीर पुनलाई संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् । पुनले संघको सहयोगले केन्द्रको लक्ष्य प्राप्त गर्न सहज हुने बताएका छन् ।

 

कार्यक्रममा केन्द्रले स्थापनादेखि हालसम्म भएका प्रयासका बारेमा जानकारी गराएको थियो । उनले संघबाहेक अन्य संघ संस्थाले केन्द्रलाई सहयोग गरेको जानकारी दिएका थिए । केन्द्रले दिगो विकासका लागि ३ वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विक्रिबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *