आइएसविरुद्ध इराकी सेना

ईराकमा विद्रोही ईस्लामिक स्टेट (आईएस) र सरकारी फौज विच भिडन्त जारी छ । भिडन्तमा कुन पक्षलाई के कति क्षति भयो भन्ने एकिन नभएपनि विद्रोही आई एस नियन्त्रित अधिकांश क्षेत्र सरकारी फौजले आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । टिक्रिटको दक्षिण, उत्तर तथा पश्चिमी क्षेत्रका प्रहरी हेडक्वार्टर, अस्पताल लगायत अधिकांश क्षेत्र सरकारी फौजले नियन्त्रणमा लिएको ईराकी सुरक्षा अधिकारीलाई उदृत गर्दै विविसीले जनाएको छ । विद्रोही विरुद्धको पहिलो चरणको कारवाही सफलता उन्मुख भएको भन्दै चांडै दोस्रो चरणको कारवाही शुरु गर्ने ईराकी योजना छ । विद्रोही आईएस विरुद्धको कारवाही २३ हजार सुरक्षा फौज खटिएको विश्वाश गरिएको छ । गत जुलाईमा आई एसले ईराकका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । आईएसले ईस्लाम राज्य स्थापनका लागि भन्दै ईराक, सिरिया लगायत विभिन्न मुलुकमा आतंकबादी गतिविधिलाई तिव्रता दिएका छन् ।
बंगलादेशको मोङलामा एक निर्माणाधीन सिमेन्ट कारखानाको भवन भत्किंदा आठ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । राजधानी ढाकाबाट दुई सय किलोमिटर दक्षिण पश्चिम मोङलामा निर्माणाधीन भवन भत्कंदा कम्तिमा आठ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढीलाई उद्धार गरिएको विविसीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बंगलादेश गुणस्तरहीन निर्माणका लागि बिश्वब्यापी रुपमा आलोचित छ । यस अघि सन् २०१३ मा ढाकामा एक कम्लेसक्स भत्कँदा एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।