लण्डन । नेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा साउथ ईस्ट लण्डन वुल्वीचमा एक सांगीतिक धमाका गरिने भएको छ ।
वुल्वीचको लोटस क्लबमा ‘सनराइज दशैं सुभकामना सा“झ” आगामी १४ अक्टोवर आइतबार हुनलागेको हो ।
साउथ ईस्ट लण्डन स्थित वुल्वीच सिटीमा सम्पन्न हुनलागेको शुभकामना सा“झ कार्यक्रममा गायक विमलराज क्षेत्री र गायिकाद्धय सिता केसी र मिना लामाको साथमा गायक सुजन पराजुली लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रमका संयोजक प्रकाश कंडेलले बताएका छन् ।
प्रवेश शुल्क १५ पाउण्ड राखिएको उक्त कार्यक्रम स्थलमा खाना र ड्रिंन्कको लागि स्टलको समेत व्यबस्था गरिएको बताईएको छ।
कार्यक्रममा नेपाल र नेपाली प्रती सद्भाव राख्ने सबैलाई एक आपसमा भेट भई शुभकामना आदान प्रदान गर्ने उपयूक्त स्थान भएकोले यस कार्यक्रमा सहभागी भै नेपालीको संस्कृती पहिचाहन तथा संरक्षणमा सहयोग गर्न, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी तथा सर्बसाधारण सबैलाई अनुरोध गरेका छन् ।
चर्चित डिजे हेम विष्ट रहेको दशैं कार्यक्रम सांझ ६ बजेबाट ११ बजेसम्म सञ्चालन हुने र अन्त्यमा सहभागीहरु डिजेमामा नाच्न पाइने संयोजक प्रकाश कंडेलको भनाई छ ।






