त्यो आकाशको जाल, जसले अंतरिक्षमा तैरिरहेको साढे सात हजार टन फोहोर बटुल्नेछ

ब्रिटेनको एक सेटलाइटले पृथ्वीको कक्षमा एउटा जाल लगाएको छ जसले अंतरिक्षको फोहोर बटुल्नेछ ।

प्रयोगको रुपमा सुरु गरिएको यो कोसिस ती प्रयासको हिस्सा हो जसमार्फत अंतरिक्षलाई फोहोरमुक्त बनाउने योजना बनाइएको छ ।

यो जाल पृथ्वीभन्दा तीन सय किलोमिटरको उचाईमा लगाइएको छ ।

करिब साढे सात हजार टन फोहोर पृथ्वीको कक्षमा तैरिरहेको अनुमान गरिन्छ जुन ती उपग्रहका लागि खतरा हो जसलाई कुनै विशेष उद्देश्यसहित लञ्च गरिएको छ ।

जालको प्रयोगलाई सेटलाइटमार्फत पनि भिडियो बनाइएको छ जसमा एक जुत्ताको डब्बाको आकारको अन्तरिक्षको फोहोर यहाँ फसिरहेको देख्न सकिन्छ ।

सूरे स्पेस सेन्टरका निर्देशक प्राध्यापक गुगलाइलमो अगलिती भन्छन्, ‘हामीले जस्तो आशा गरेका थियौं, यसले त्यसरी नै काम गरिरहेको छ ।’

‘तपाईंले स्पष्ट रुपमा देख्न सक्नुहुन्छ कि यो कसरी जालमा फस्यो । हामीहरु यो प्रयोगले खुसी छौं ।’

अब के हुन्छ ?

यो एउटा प्रयोग मात्र थियो जसमा एउटा जुत्ताको डिब्बाको आकारको फोहोरलाई अन्य सेटलाइटमार्फत पृथ्वीतर्फ खसालिएको थियो जसलाई पछि जालमा फसाइयो ।

यदि वास्तवमा नै यस्तो भयो भने फोहोरलाई फसाएपछि यो जालले सेटलाइटको मद्दतले यसलाई पृथ्वीको कक्षबाट बाहिर गरिदिनेछ ।

पृथ्वीको कक्षमा तैरिरहेको फोहोरलाई हटाउने कुरा विभिन्न समयमा हुने गरेको छ । यसमा विभिन्न अनुसन्धान र प्रयोग पनि चलिरहेको छ । यस्तो प्रकारको सफल प्रयोग गरिएको यो पहिलो घटना भएको दाबी गरिँदै छ ।

चाँडै नै अब यो कोसिसको दोस्रो चरणको प्रयोग गरिनेछ जसमा एउटा क्यामरा लगाइनेछ जसले अन्तरिक्षको वास्तविक फोहोरलाई कैद गरेर त्यसलाई सजिलै हटाउन सकियोस् ।

नयाँ वर्षको सुरुवातसम्म यसलाई थप उत्कृष्ट बनाइने आशा गरिएको छ ।

अंतरिक्षको फोहोरबाट कति खतराः

पृथ्वीको कक्षमा लाखौं फाहोर तैरिरहेका छन् । यी टुक्रा पुरानो र सेवाबाट बाहिर भइसकेका उपग्रहको अंश र अंतरिक्ष यात्रीद्वारा गल्तीले छुटाएका केही उपकरण हुन् ।

यदि यी फोहोरलाई हटाइएन भने यसले काममा लगाइएका उपग्रहलाई क्षती पुर्याउने डर छ ।

यो प्रोजेक्टमा काम गरिरहेका इन्जिनियर अलस्टेयर वेमेन भन्छन्, ‘यदि यी टुक्रा आपसमा ठोक्किन्छन् भने यसले थप फोहोर बन्नेछ । धेरै फोहोर बन्दा ठोक्किने आशंका दिनानुदिन बढ्दै गएको छ । यसले एकदिन ठूलो समस्या निम्तिन सक्छ ।’

एजेन्सी