एशोसिएसनले जुम्लाको पथरखोलामा निर्माण गरिरहेको मातृशिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो ।
नेपालस्थित एक्सन वक नेपाल संगको सहकार्यमा जुम्लाको सिंजा गाउंपालिकास्थित भादगाउं भन्ने गाउंमा मातृशिशु केन्द्र निर्माणको कार्य मार्च महिनादेखि नै सुरु भइसकेको छ । ४२ हजार पाउण्डको यो प्रोजेक्टका लागि अहिलेसम्म १४ हजार पाउण्ड संकलन गरिसकेको एशोसिएसनले बांकी २८ हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको हो ।
अबको दुई वर्षभित्र मातृशिशु केन्द्र निर्माणको कार्य पूरा गर्ने, सुरुका तीन वर्ष एशोसिएसनकै सहयोगमा केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ ।
पश्चिम लण्डनको हन्स्लोस्थित प्याराडाइज ब्यांकेटिग हलमा आयोजित समारोहको अध्यक्षता एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले गरेकी थिइन् । नर्सहरुले कसरी बिरामीहरुको सेवा गर्छन् भन्ने देखाउन एक नाटकीय विम्ब प्रस्तुत गर्दै नौलो शैलीमा शुभारम्भ गरिएको कार्यक्रममा एशोसिएसनका सदस्यहरुले दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सवमा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो ।
कार्यक्रममा एशोसिएसन अध्यक्ष प्रसुना कंडेल र कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष कंडेल, कार्यक्रमका विशेष अतिथी रोयल कलेज अफ नर्सिङ्गका डेपुटी प्रेसिडेण्ट प्रो. रड थम्पसन र अल पाकिस्तानी नर्सिङ्ग एशोसिएसनकी अध्यक्ष जेबा आरिफले एशोसिएसनको स्मारिका विमोचन गरेका थिए








