जितेन्द्र कुमार श्रेष्ठ ,नेदरल्याण्डस् । एनआरएन नेदरल्याण्डसको कार्यालय खडा गरिएको छ । एनआरएन अध्यक्ष भवन भट्टले एक कार्यक्रमकाबीच कार्यालयको उदघाटन गरेका हुन । कार्यक्रममा एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष मनहरि शर्मा एनआरएन युरोप सह–संयोजक एकराज गिरी, होनरी काउन्सिल सदस्य गोविन्द सुबेदी लगाएतका एनआरएन अभियन्ताहरुको उपस्थित रहेको थियो ।
उक्त उदघाटन समारोहमा बोल्दै अध्यक्ष भट्टले नेदरल्यान्ड्स बासि नेपाली र एनआरएन नेदरल्यान्ड्स लाई हार्दिक शुभकामना र धन्यवाद प्रदान गर्दै निकट भबिष्यमा सम्पूर्ण देश हरुमा एनआरएनको आफ्नै कार्यालय हुनेमा आफु आशाबादी रहेको र आफ्नो तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराउनु भयो । यसै गरि नेदरल्यान्ड्स र नेपालको ब्यबसायको सम्भाव्यताको बारेमा बरिष्ठ उपाध्यक्ष बिष्णु बास्तोला द्वारा रखिएको प्रश्नमा, अध्यक्ष भट्टले नेदरल्यान्ड्स बाट फिलिप्स वल्व नेपाल निर्यात गर्न सकिने र यसको लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराउनु भयो । सोहि कार्यक्रमलाइ सम्बोधन गर्दै युरोप सह-संयोजक एकराज गिरिले आफ्नै कार्यालय स्थापना गर्न सकेको मा र युरोप सह-संयोजकमा मतदान गरि निर्बाचित गराउनु भएकोमा सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।
कार्यक्रममा बोल्ने क्रममा एनआरएन नेदरल्यान्ड्सका अध्यक्ष मनोहरि शर्माले, कार्यालय स्थापना गर्न सहयोग गर्नु हुने सम्पूर्ण लाई हार्दिक धन्यबाद ज्ञापन गर्दै लामो प्रयास बाट कार्यालय स्थापना गर्न सकिएकोमा आफु र नेदरल्यान्ड्स बासि सम्पूर्ण नेपाली गौरवान्वित भएको बताउनु भयो।बिशेष गरी कार्यालयको लागि ठाउँ उपलब्ध गरिदिनु भएकोमा श्री पाण्डे ज्यु प्रति आभार रहेक पनि बताउनु भयो। यसै गरि नेपाल मा फिलिप्स वल्व निर्यातको सम्भाव्यता सम्बन्धमा नेदरल्यान्ड्समा रहेका ब्यबसायी संग समन्वयन गरि अगाडी बढ्ने पनि जानकारी गराउनु भयो ।
उक्त उदघाटन कार्यक्रममा प्रथम लेडी ,अनरी काउन्सिल द्वय हरि पौडेल र गोबिन्द सुबेदी , आइ.सी.सी. द्वय हिमाल गुरुङ, नारायण आचार्य ,नेदरल्यान्ड्सका पूर्व अध्यक्षहरु, नेदरल्यान्ड्स स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, पूर्व पदाधिकारी हरु, वर्तमान कार्यसमिति र सर्बसाधारण को उपस्थिति रहेको थियो। कार्यक्रमलाई नेदरल्यान्ड्सका सचिब शान्ति थोकरले संचालन गर्नु भएको थियो।






