स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझीलाई बार्सिलोनामा भब्य स्वागत

लन्डन । स्पेनमा पहिलो पटक नेपाली राजदूतबास खोलेपछि पहिलो राजदूत पनि बार्सिनोलना आइपुगेका छन । पहिलो राजदूतका रुपमा भरत बहादु रायमाझीले अवसर पाएका थिए । एनआरएनलगायतका विभिन्न संघसंस्थाको विशेष पहलमा पहिलो पटक राजदूतावासा स्थापना गरिएको हो ।

सोही अवसरमा स्पेनमा बस्दै आएका नेपालीले राजदुत भरत बहादुर रायमाझीलाई स्वागत गर्दै आफूहरुको समस्या समाधानमा अग्रसर हुने विश्वास ब्यक्त गरेका छन् । पहिलो पटक राजदुत रायमाझीलाई बार्सिलोनामा स्वागतसँगै रायमाझीले नेपालीको समस्या समाधानमा आफू दिनराता लागिपर्ने बताउनुभएको छ ।

एनआरएन यूरोपका उप-संयोजक एकराज गिरी, आईसीसी सदस्यहरु मुक्त गुरुंग र शितल भुर्तेल भुसाल, स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, आप्रवास समस्या समाधान उपसमिति संयोजक दीपक खरेललगायत बिभिन्न संघसंस्थाका अध्यक्षहरुले राजदूत रायमाझीलाई भब्य स्वागत गरेका थिए ।