मोदीले गरे मुक्तिनाथ मन्दिरमा पूजा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपालको २ दिने राजकीय भ्रमणका क्रममा मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।

मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद अधिकारीले पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि मोदीले १०८ धारामा जल शेचन गरेका थिए ।