काठमाडौं- कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले(माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सरेपछि नयाँ मितिको खोजी सुरु भएको छ ।
दुई पार्टीबीच मजदुर दिवस मे १ अर्थात् वैशाख १८ गते मंगलबारका दिन हुन सक्ने सम्भावना छ । एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी र सरकारको नेतृत्वको विषयले प्रवेश पाएपछि पूर्वघोषित मितिमा दुई पार्टीबीचको एकता सम्भावना टरेको हो ।
विवादित विषयमा सहमति खोज्दै एकताको अर्को मिति घोषणा गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।






