कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत : प्रधानमन्त्री

????????????????????????????????????

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाह रहेको बताउनुभएको छ ।

कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गरिने बताउनुभयो ।

“कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यहाँका जनवारले जडीबुटी चरेका छन् । तिनीहरुबाट उत्पादन हुने वस्तुको मूल्य अन्यत्रको भन्दा महँगो हुन्छ ।”

कर्णालीको स्याउ, यार्चागुम्बा समृद्धिका स्रोत भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विकशित देशको औषधि हालेको नक्कली होइन, कर्णालीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्नुपर्छ ।”