एनआरएन लाई लगानी मैत्री’ बनाउन यस्तो कदम चाल्नु पर्छ, डा.गोपाल पौड्याल

लन्डन । बिदेशमा बसेर नाम दाम र सान कमाउन दफल नेपालिहरु स्वदेश मा ती सब गर्न किन सकेनन? किन अबसर बाट सधै नेपाली लाई बन्चित गरिन्छ? किन हरेक स्बसर हरु छिमेकी हरुले मात्र पाउँछन् यो एउटा गम्भीर बिषय बनेकोछ। अर्थमन्त्रीको अर्थतन्त्रको नितिले देश बनोस भन्ने मेरो चाहना हो तर घर जग्गामा लगाएको लगामले अर्थतन्त्र डामाडोल हुने निश्चित प्रायछ। कि त मल्टी नेश्नल कम्पनिहरुलाइ स्वागत गर्न सक्नु पर्यो।त्यस्को लागी पुर्बाधारहरु नै छैनन।
घुस बेगर कुनै निकाय नै चल्दैनन । वैदेशिक व्यापारमा नेपाललाई दैनिक २ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ घाटा भइरहेको तथ्य विभिन्न सञ्चार माध्यममा आएका छन् ।
यसरी दिनहुँ व्यापार घाटा बढ्दै जानु र व्यापारले लगानीलाई विस्थापित गर्दै जाँदा आर्थिक वृद्धि गर्ने सम्भावनालाई क्षयीकरण गरेको छ । यसरी तीव्र रूपमा व्यापार घाटा बढ्दै जानु र पुँजी देशभित्र वस्तु वा सेवाको उत्पादनमा लगानी गर्नुभन्दा वस्तुको आयात व्यापारमा प्रोत्साहित हुनुमा विद्यमान विनिमय नीति जिम्मेवार छ । आयात व्यापारको ३५ प्रतिशत अनौपचारिक व्यापार भारतसँग हुन्छ । यसरी एउटै देशमा व्यापार निहित हुदा र त्यस्को भर पर्दा त्यो देशको अर्थतन्त्रको लाभ हानी पनि हामिलाइ सोही रुपमा हुनु पर्ने हो तर त्यो कहिल्यै हुन सकेन।घाटा भए डबल घाटा हामिलाइ हुने र नाफा भए उस्लाइ मात्र हुने भएको हुदा यो देशमा एनआरएन हरुलाइ स सम्मान लगानिको बाताबरण बनाउनु पर्छ।उनिहरु यदि नेपालमै बस्छु भन्छन भने तिन्ले किन्ने घर जग्गामा कर फ्री गर्दिनु पर्छ।तिन्ले किन्ने गाडिमा पनि कर फ्री गरिदिनु पर्छ र कम्तिमा पनि १० जनालाइ रोजगारी दिनु पर्ने प्राबधान राख्दिनु पर्छ।
टुरिज्म नै यो देशको ढुक्ढुकी हो त्यसैले यस्सिलाइ प्रमोट गर्दै लानु पर्छ। अब यसरी भारत सङको व्यापार पुरातन हिसाबले गर्ने हो भने हरेक साल भारतसँग व्यापार घाटा ८५ प्रतिशतभन्दा बढी छ । यति धेरै एउटै देशसँग व्यापार घाटा छ र त्यसै देशसँग विगत २२–२३ वर्षदेखि विनिमय दर निश्चित गरिएको छ । सामान्यतया दुई देशको मूल्यवृद्धिको अवस्था, आर्थिक वृद्धिको अवस्था र आयात–निर्यात व्यापारको अवस्थाले विदेशी विनिमय दर निर्धारण गर्छ । नेपाल–भारतबीच खुला सिमाना र निश्चित विनिमय दर भएको कारणले नेपाल र भारतको मूल्यवृद्धिको विगत २०/२२ वर्षको अवधिमा औसत रूपमा लगभग समान छ ।
अझ भनौं मूलत: नेपालको मूल्यवृद्धिको अवस्था भारतीय मूल्यवृद्धिको अवस्थाले निर्धारण गर्छ । नेपालको आर्थिक वृद्धिदर भारतको भन्दा निकै कम छ ।त्यसैले चीन र बङ्गलादेश सङ्गको व्यापार बढाउदै कृषि उत्पादन र पर्यटन क्षेत्रको बिकाश मा जोड दिएर यन आर यन हरु सङ्ग को सहकार्य नै यो देशको मुहार फेर्ने एकमात्र आर्थिक उन्नतिको ब्रम्हास्त्र हुन सक्नेछ। नेपाली मारेर बिदेशी पोश्ने नीति हटाइनु पर्छ र यन आर यन हरुलाइ छिटै घर भित्र्याउने मेलोमेसो मिलाउनु पर्छ।श्रमिक बेचेर रेमिटेन्स खाएर बस्ने चलनको अन्त हुनु पर्छ।पुर्बाधार र सुबिधा दिने हो भने अर्बौ नेपाल भित्रीनेछ।नेपाल सम्बृद्ध बन्नेछ।