विमान दुर्घटनामा ज्यान गुमाएका सबै ४९ जनाको शब डिएनए परीक्षण गरेर परिवारलाई बुझाइँदै

काठमाडौं– सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।

४९ जनाकै शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र डिएनए परीक्षण गरेर आफन्तलाई बुझाइने अस्पताल स्रोतले जनाएको छ ।

बंगलादेशको ढाकाबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तको भीड लागेको छ । आफन्तहरु मृतकको शब बुझ्न अस्पतालमा पुगेका हुन् ।