समावेशी मन्त्रिमण्डल, लालबाबु र थममाया मन्त्री भए

gjlgo'Qm dGqL kl08t / yfkfnfO{ zky /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{no zLtn lgjf;df laxLaf/ cfof]lht ljz]if ;df/f]xdf gjlgo'Qm hg;+Vof tyf jftfj/0fdGqL nfnafa' kl08t / dlxnf, afnaflnsf tyf ;dfhsNof0fdGqL yddfof yfkfnfO{ kb tyf uf]kgLotfsf] zky v'jfpg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चरणको तीन सदस्यीय मन्त्रिपरिषद् समावेशी देखिएको छ ।

प्रधानमन्त्रीसँगै शपथ लिनुभएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा महिला र आदिवासी समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ । वाम गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) बाट र नेकपा(एमाले)का पदाधिकारी तहबाट सरकारमा सहभागिता हुन बाँकी रहे पनि आजका नियुक्त दुई मन्त्रीले जनतामा सकारात्मक सन्देश दिने देखिएको छ ।

विगतमा सामान्य प्रशासनमन्त्री हुँदा राष्ट्रिय हितका र प्रशासन सुधारका काम गरेर चर्चा कमाउनुभएका पण्डितको राजनीतिक यात्रामा आधारित ‘सिंहदरबार बदल्ने संघर्ष’ नामक पुस्तकसमेत आएको छ । एमालेका पोलिटब्यूरो सदस्य उहाँ प्रतिनिधिसभा सदस्यमा मोरङ ६ बाट नेपाली काँग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गरी विजयी हुनुभएको थियो ।

एमाले नेत्री महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थापा प्रतिनिधिसभामा समानुपातिक सदस्य हुनुहुन्छ । उहाँ विसं २०७० को संविधानसभामा पनि सदस्य हुनुहुन्थ्यो । हाल उहाँ अखिल नेपाल महिला संघका महासचिव हुनुहुन्छ । उहाँहरु दुवै जनाले आजै आआफ्ना मन्त्रालयको कार्यभार पनि सम्हाल्नुभएको छ ।