लन्डन । एनआरएन युएईले युएईका लागि नवनियुक्त उप नियोग प्रमुख तथा कार्यबाहक राजदूतलाई ध्यानर्कषण गराएको छ । विशेष गरि नेपालीहरुले भोग्नु परेका विभिन्न समस्याका विषयमा ध्यानर्कषण पत्र बझुाइएको छ । जसमा युएईका समसामुहिक समस्या समेटीएको छ । ज्ञापनपत्रमा ६ बुँदालाई समेटीएको यूएई एनआरएका प्रवक्ता मनु क्षत्रीले जानकारी दिए ।
युएईका लागि नवनियुक्त उप नियोग प्रमुख तथा कार्यबाहक राजदुत सागर प्रसाद फुंयाल, श्रम सहचारी मोतिराम भुसाल , त्रितिय सचिव नारायण ज्ञवाली तथा दुतावास परिवारसँग एनआरएन युएईले दुतावासमा आयोजना गरेको परिचायत्मक कार्यक्रमपछि एनआरएन युएईले यहाँका तत्काल पहल गर्नुपर्ने समस्यहरु बुँदागत रुपमा ज्ञापनपत्र तयार पारेर बुझाएको हो ।






