राजदुत लुइँटेलद्वारा पोर्तुगल सडक दुर्घटनाका घाइतेहरुलाई बेवास्ता

लिस्बोन । पोर्तुगलकालागि समेत कार्यक्षेत्र रहेको फ्रान्सस्थित आवासीय नेपाली राजदूत श्रीमती अम्बिकादेबी लुइँटेल आफ्नो चारदिने पोर्तुगल बसाईपछि आज अपराह्न फ्रान्स फर्किएकी छन् । उनी पोर्तुगलका राष्ट्रपतिले आफ्नो देशका गैर आवासीय राजदूतहरुलाइ दिइएको बिशेष रिसेप्सन पार्टीमा सहभागी हुन लिस्बोन आएकी थिइन् । रिसेप्सन २५ जनवरीमा थियो ।

यसै सिलसिलामा उनले पोर्तुगलका बिदेशमन्त्री र श्रममन्त्रीसंग पनि औपचारिक भेट गरेकी थिइन् भने लिस्बोनस्थित अवैतनिक नेपाली बाणिज्यदुतको कार्यालयमा औपचारिक कामकोलागि दुई घन्टा समय दिएकी थिइन् ।

जुनदिन राजदूतको बिशेष रिसेप्सन थियो, दुर्भाग्यवस त्यहीदिन पोर्तुगलमा गाडी दुर्घटनामा एकजना चेलीले असामयिक मृत्युवरण गर्नुपर्यो भने छ जना नेपाली चेलीहरु घाइते भए । दुर्घटना बाजा बजाएर नआउने रहेछ । पोर्तुगल र युरोपभरिको नेपाली समुदायलाई सो दु:खद घटनाले मर्माहत बनायो र सहानुभूति र समबेदनाहरु ओइरिए, समाचारहरुको हेडलाईन शिर्षकहरु बने , सिंगो समुदाय स्तब्ध भयो ।

तर अर्को दुर्भाग्य एक नेपाली चेलीको परदेशीभुमिमा सधैंलाई प्राण पखेरु उडेर गयो, तर महामहिम राजदूतलाई अस्पतालसम्म गएर ती चेलीप्रति श्रद्धाञ्जलीका दुई शब्द व्यक्तगर्ने, श्रद्धासुमन चढाउने आधा घन्टाको समय निस्किएन, नत घाइतेलाई भेटेर वा फोन गरेर सहानुभूति दर्साउने समय नै निस्कियो,न चारलाइनको एउटा बक्तब्यलागि कष्ट गरियो, बरु पुर्व निर्धारित भन्दै भोजभतेर र सिन्त्रामा पारिवारिक घुमघाममा समय खर्चिईयो।

अर्कोतिर हिजो २६ तारीख एनआरएनए पोर्तुगलसंग दिउँसो ३ बजे भेट्ने समयदिए पनि ५:०० बजेसम्म उनी उपस्थिति नभएपछि सबै तितरबितर भए, राजदूतज्युलाइ हामी ४०-४५ जनाले डेड घन्टासम्म कुर्दापनि, उहाँ नआए पछि हामी हिड्यौ,श्रोतले भन्यो तर त्यसको केही समयपछि कन्सुलेट कार्यालयमा केहीलाई भेट दिने भन्ने खबर आएपछि एनआरएनएन अध्यक्ष लगायत केही पदाधिकारी र सल्लाहकारहरुले दस पन्ध्र मिनेट भेटेको र संस्थागतभन्दा ब्यक्तिगत कुरा मात्र भएको एनआरएनए श्रोतले बताएको छ ।