यी खतरनाक डनले दिए सलमान खानलाई ज्यान मार्ने धम्की ! (भिडियो)

राजस्थान। पंजाब राजस्थान र हरियाणा क्षेत्रमा चर्चित डन लरेन्स विश्नोइले बलिउड स्टार सलमान खानलाई मारिदिने धम्की दिएका छन् । लरेन्सले जेल जाँदै गर्दा अहिले आफूले केही नगरेको र अब सलमानलाई जोधपुरमै मार्ने धम्की दिएका हुन् ।

राजस्थानको जोधपुर अदालतबाट जेल जाँदै गर्दा एक मिडियाकर्मीले उनको अगाडि माइक राखिदिएपछि उनले भने ‘अहिले मैले केही गरेको छैन, अब गरेपछि थाहा हुन्छ । सलमानलाई मार्छु, यहीँ मार्छु त्यसपछि थाहा हुन्छ ।’