गुल्मीको भार्से गाँउ, किवीफलले चिनाउदै छ नाउ

चन्द्र मान श्रेष्ठ
किवीफल विज्ञ, गुल्मी जिल्लाको नक्सामा उत्तर पूर्वि क्षेत्रमा रहेको भार्से गा.वि.स.को भार्से गाँउ १७५० मिटर उच्चाईमा रहेको चिसो हावापानी भएको एक चर्चित पुरानो गाउ रहेछ । वुटवलवाट २ घण्टामा पक्की रोड हुदै रिडीवेनी र करिव ४ घण्टा कच्चिवाटो हुदै वसमा भार्से गाँउ पुगने रहेछ, कच्ची वाटोको कारण जिल्ला सदरमुकाम तम्घासवाट निकै दुर्गम रहेछ । गाँउको चारैतर्फ अग्लो पहाड, घना जगंल,ले घेरेको समथर मिलेको पुरानो गाँउ धेरैजसो मगर जातीको वस्ती छ । धेरै जसो घरहरु ढुगाको छानो र केहि घर खरको छाना छ । गाँउको विचमा सानो खोला र चारै तर्फ पानाीको मुहान भएको समथर उर्वर जमिन छ । परापूर्व देखिनै मकै, आलु, कोदो खेति र पशुपालन प्रमुख पेशामा मेलापात गर्दै स्थानिय वासिन्दा हरु जिवन निर्वाहा गरिरहेको पाईयो । तरकारीमा फाटफुट काउली मुला र रायोसाग लगाएको पाईयो भने फलफूलमा आरुवखडा, खुर्पानी नास्पती फाटफूट रुपमा लगाईएको छ ।
किवीफल यस गाँउमा २०६३ सालमा नै याँहाकै निवासी कृषि प्राविधिक श्री वम वहादुर थापाज्यूको सकृयतामा भित्रियको रहेछ र किसानहरुको साधारण व्यवस्थापनमा राम्रो फलिरहेको छ । हावापानी सुहाउदो व्याशायिक खेतिको नयाँ विकल्प खोज्ने क्रममा हाल याँहाका कृषकहरुले किवीफल खेतिलाई रोजेको ज्यादै सान्दर्भिक पाईयो । यसलाई वढावा गर्ने क्रममा महिला विकास कार्यालय तम्घासले यहि २०७१ माघ १५ गते देखि किवीफल विषयको ५ दिने सिप विकास तालिमको आयोजनाले यस क्षेत्रका कृषकमा राम्रो उत्साह थपिएको छ साथै यो तालिम निकै उपलव्धि मूलक हुने देखिएको छ । यहि सिप विकास तालिममा जिल्ला कृषि विकास कार्यालय तम्घासको सिफारिसमा प्रशिक्षक हुने अवसरमा गाउ पुग्दा यस ठाउको प्राकृतिक सम्पदा तथा हावापानी किवीफलको लागी अत्यान्त उपयक्त रहेको पाईयो । गाउ घुम्ने क्रममा भार्से र जुनिया गाँउको सिमानाको जगलमा जगली किवीफल फलिरहेको पाईयो । यस फललाई याहाँको स्थानिय भाषामा गाईथुने फल (लहरा) भन्दा रहेछनृ । नेपालको पूर्वि पहाडी जिल्लाहरु मकवानपुर, दोलखा, सोलु, ईलामको पहाडी क्षेत्रको जगलमा पाईने यो फललाई ठेकि फल भनिन्छ भने सोलु जिल्लामा सेर्पा भाषामा यहिफल लाई फेमियाल्दो भन्ने गर्दछन । यस जिल्लाको भार्से गाँउमा पनि जगली किवीफल पाउनाले यस क्षेत्रमा विकासी किवीफल लगाउनको लागी उपयुक्त स्थान छ भन्ने प्रमाणित गर्दछ ।

भार्से गाउमा किवीफल खेतिको शुरुवात हुनु सराहनिय कार्य हो र कृषकहरुलाई जे जति प्रविधि थाहा थियो त्यहि गरे । हाल उत्पादन भएको फल महगोमा विक्री भएपछि कृषकहरु यसको व्यवशायिकता वढाउन लागी परेका हुन् । यस वर्ष जि.कृ.वि.का को सहयोगमा १७०० किवीफलको विरुवा यस गाउमा लगाईएको छ । तर किवीफलको व्यवशायिक खेति दिगो रुपमा विकास हुनको लागी निम्न वमोजिम कार्य गर्न जरुरी छ र कृषक समुहले यस तालिमवाट प्रविधिवारे अवगत भै उत्सुकता साथ कार्य शुरुवात गरिसकेका अवस्थामा सवै पक्षवाट समर्थन र सहयोगको जरुरी परेको छ ।

१, पहिला लगाईएको किवीफल विरुवाको जात एकिन भएको छैन तसर्थ फल फलेको अवस्थामा कुन जात हो पहिचान गर्न जरुरी छ । किनकी सवै जात वजारमुखी छैन । हेवार्ड नाम गरेको किवीफल वजारमुखी जात हो ।
२, गुणस्तरिय फल फलाउनको लागी गर्नुपर्ने वगान व्यवस्थापन कार्यहरु काँटछाट, लहरा सपोर्ट, गोडमेल, मलखाद, सिंचाई कार्यमा सुधार गर्नु जरुरी छ ।
३, यस वर्ष लगाईएको र पहिला लगाईएको किवीफल हेवार्ड जात नभएकोले माउवोटको रुपमा केहि हेवार्ड जात र रेड किवीफलको विरुवा लगाउनु पर्दछ । अर्को वर्ष देखि वजारमुखी जातको सायन प्रयोग गरि टप वर्किङ्ग प्रविधिवाट किवीफलको वगान सुधार गर्नु पर्दछ ।
४, चिसो हावापानी भएकोले अलैचि खेतिको लागी उपयुक्त जमिन धेरै छ तसर्थ अर्को ज्यादै आयमूलक व्यावसाय अलैचि खेति प्रवर्धन गर्न उपयुक्त देखिन्छ ।। कृषकहरुलाई नियमित रुपमा प्राविधिक सहयोगको जरुरी छ ।
गुल्मी जिल्लाको भार्से गाउमा व्यावशायिक खेति वढावा गर्नको लागी किवीफल र अलैचि खेति ज्यादै उपयुक्त विकल्प देखिएको छ । यसैको खेति तथा पशुपालनवाट नमुना गाँउ हुन सक्दछ र हुदैछ । गाउवाट वसाई सराई हुने, रोजगारीको लागी विदेशिने, र गाउमा जमिन वाँझो हुने क्रम रोक्न सम्वन्धित सवै संघ सस्थाहरुले यसलाई सहयोग पुग्ने कार्य गर्नु जरुरी छ ।