सिंहदरबारभित्रै गाडीका चार पांग्रा गायव

काठमाडौं । सिंहदरबारमा पार्किङ गरेर राखेको गाडीका चारवटै पांग्रा चोरी भएको छ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमै यो तहको चोरी संभव पारेर चोरहरूले सिंहदरबारको सुरक्षाव्यवस्थालाई कडा चुनौती दिएका छन्।

गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए ।तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ ।

टायर चोरीबारे अनुसन्धान भइरहेको सिंहदरबार सुरक्षा गणका डिएसपी प्रेम जोशीले जनाएका छन्।