काठमाडौं। उपत्यकाका तीन जिल्लाबाट प्रहरीले विगत २४ घण्टामा एक सय ३९ जनालाई नियन्त्रणमा लिएको छ ।
विभिन्न शंकास्पद गतिविधिमा संलग्न, झगडा, मादक पदार्थ सेवन गर्ने तथा शान्ति सुरक्षामा प्रभाव पार्न सक्ने भूमिकामा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।
सो कार्यालयका अनुसार काठमाडौं जिल्लाबाट एक सय १८ पुरुष र ११ महिला गरी एक सय २९ जनालाई नियन्त्रणमा लिइएको छ ।






