लन्डन– ‘मिस टिन ग्रेटर ब्रिटेन– २०१७’को उपाधि प्रतिष्ठा त्रिपाठीले जितेकी छन् ।
हरेक वर्ष बेलायतमा १६ वर्षमुनिका किशोरीबीच हुने प्रतिस्पर्धामा प्रतिष्ठाले यसपटक ब्लाक्पुल स्थित भएको सो कार्यक्रममा ‘मिस जुनियर टिन लण्डन स्प्रिट टाइटलमा २०१७’को उपाधि जितेकी हुन् । प्रतिष्ठाले पहिलोपटक एसियाली मुलुकबाट प्रतियोगितामा प्रतिस्पर्धा गरेकी हुन् ।
प्रतिस्पर्धामा अडिसन चरणदेखि सेमीफाइनल, ग्रान्ड फिनो र फाइनल राउण्डको प्रतिस्पर्धा हुने गर्दछ । उनले यसअघि नेपाली र इन्डियन सोसाइटीका लागि आफ्नो प्रस्तुति दिइसकेकी छन् ।
‘मिस टिन ग्रेटर ब्रिटेन– २०१७’ उपाधि जितेपछि लन्डन नेपाल न्यूज डट कमसँग कुरा गर्दै प्रतिष्ठाले आफ्नो सफलता नेपाली समूदायसँग बाँड्न चाहेको बताइन् । ‘मेरो मात्रै होइन समग्र नेपाली समूदायका लागि खुसीको कुरा हो,’ उनले भनिन्, ‘नेपालीको शीर उचो राख्ने मेरो प्रयास जारी रहन्छ ।’
उपाधि जितेपछि प्रतिष्ठाले आमाबुवा, नेपालस्थित आफन्तजन, बेलायतस्थित नेपाली समूदाय, पत्रकार लगायतलाई धन्यवाद दिएकी छन् ।
केही समयअघि प्रतिष्ठाको म्यूजिक भिडियो ‘औंसे लूमा ’ सार्वजनिक भएको थियो । आगामी दिनमा फिल्मी क्षेत्रमा प्रवेश गर्ने उनको योजना छ ।







