नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशन नोवेम्बरमा,१ मा

लन्डन । नेपाल प्रेस युनियन बेलायतको प्रथम अधिवेशन नोवेम्बरमा,१ मा  हुने भएको छ l नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजय बाबु शिवाकोटीको बिशेष उपस्थितिमा गत साता लन्डनमा सम्पन्न बेलायत शाखाको बैठकले  अधिवेशनको मिति तय गरि यसको जानकारी केन्द्रिय कार्यालयमा गराई अधिबेशन गराउनका लागि केन्द्रिय प्रतिनिधि पठाउनका लागि आग्रह गर्ने निर्णय गरेको हो l

अधिवेशन गर्ने सन्दर्भमा आवस्यकता अनुसार विभिन्न समिति र उप समितिहरु बनाउने जिम्मा युनियनका बेलायत शाखाका संयोजक र सह संयोजकलाई जिम्मा दिने निर्णय गरेको छ l

नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजय बाबु शिवाकोटी र नेपाल प्रेस युनियन बेलायत शाखाका संयोजक बिपिन निरौलाको संयुक्त हस्ताक्षर गरिएको एक बिज्ञप्ति मार्फत बाकी कार्यक्रम सार्वजनिक गरिने जनाईएको छ l