एनआरएनए यूके महासचिवमा त्रिपाठीको बलियो दाबेदारी (भिडियोसहित)

लन्डन– गैरआवासीय नेपाली संघ (यूके) को महासचिवमा विशेष योजनासहित आरके त्रिपाठीको उम्मेदवारी परेको छ । त्रिपाठीको उम्मेदवारीसँगै महासचिवको प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ ।

सेप्टेम्बर ९  मा हुने अधिवेशनको तयारी भइरहँदा महासचिवका उम्मेदवार त्रिपाठीले चुनावी अभियान तीव्र बनाएका छन् । पेसाले इञ्जिनियर त्रिपाठी विगत १२ वर्षदेखि लन्डन अन्डरग्राउण्डमा सिभिल इञ्जिनियरकोरुपमा कार्यरत छन् । त्रिपाठी सामाजिक र बौद्धिक व्यक्तित्वकोरुपमा चिनिन्छन् ।

विभिन्न सामाजिक संघ संस्थाका सल्लाहकार रहेर काम गरिरहेका त्रिपाठी नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री थिए ।

पछिल्लो समयमा कन्स्ट्रक्सन हेल्थ एण्ड सेफ्टी विषयमा विशेषज्ञता हासिल गरेका त्रिपाठी क्वालिटी कन्ट्रोल विषयमा पुस्तक लेखेका छन् । एनआरएन यूकेको दोस्रो अधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएका त्रिपाठी झिनो मतले पराजित भएका थिए । सुर्य गुरुङले नेतृत्त्व गरेको तेस्रो कार्यसमितिको चुनावबाट उनी सदस्य पदमा निर्वाचित भई काम गरे । चौथो अधिवेशनमा महासचिव पदमा पराजित भएका त्रिपाठी पाँचौं अधिवेशनमा भने महासचिव निर्वाचित भए ।

छोटो समय एनआरएन महासचिवको जिम्मेवारी पाएका त्रिपाठीले सामाजिक र लोककल्याणकारी कार्य गर्दै आएका छन् । प्रवासमा रहेका ३० लाख नेपालीका लागि एनआरएन मन्त्रालयको माग गरेर उनी चर्चामा आएका थिए । वालिग मताधिकारलगायतका माग उनले गर्दै आएका छन् ।

लण्डन नेपाल न्यूज डटकम लाइ भिडियोमा बताए अनुसार त्रिपाठीले आफूलाई अध्यक्षका उम्मेदवार योगकुमार फगामी, हिराधन राई,एबं शिब जी श्रेष्ठ, लोक गुरुङ, सूर्य नेम्वाङ तस्बिर लामा सहित एनआरएनका अगुवाहरु हितकाजी गुरुङ, शेर सुनार, कृष्ण गुरुङ, राष्ट्र राई, प्रेम घा मगर, कमल खनाल, कैलाश नेपाल, युवराज गुरुङ, विश्व आदर्श पण्डित, योगेन क्षेत्री, प्रवेश केसी, उमेश मोक्तान, महेन्द्र कडेल, नरेन्द्र कडेल, बिनोद मोक्तान, जिबन सेन,  मिन रानाभाट, युवराज सिंह, कुश बस्नेत, सुरज केसी, महन्त श्रेष्‍ठ, डा राघव धिताल, डा पदम सिंखडा,सुरेशजंग शाह, मदन थापा, हरि सिंह थापा, गोपाल पौडेल, माधव थापा, गंगा राना, विष्‍णु वाग्ले, राम अधिकारी, विजय थापा, सनत गुरुङ, सुभास सिंह गुरुङ, चित्र बहादुर गुरुङ,कुमारी गुरुङ, प्रकाश गुरुङ  लगायतको साथ रहेको बताउदै आफ्नो उमेदवारी आएको बताउछन  ।

एनआरएन यूकेका अग्रज एवं युवा अभियन्ताहरुको साथ रहेको बताउदै विभिन्न सामजिक संघ संस्थाको पनि साथ समर्थन रहेको त्रिपाठीको दाबी छ ।

भिडियो मा हेर्नुस —-

https://youtu.be/OO9v3tfjlSA