नेपाली मेलामा सहभागी हुन लण्डन अाइपुगे शेष घले दम्पत्ति

लन्डन । एनआरएनका अन्तराष्ट्रीय अध्यक्ष तथा तमुधी युकेका संरक्षक शेष घले बेलायतमा आज हुन लागेको ९ औं नेपाली मेलामा सहभागी हुन शेष घले दम्पत्ति शनिबार सांझ लन्डन आएका छन् ।

तमुधिं यूकेको निमन्त्रणामा आइतबार (अगष्ट २७) हुने ९ औं नेपाली मेलामा आतिथ्य ग्रहण गर्न घले श्रीमति जमुनाका साथ बेलायत आइपुगेका हुन् ।

घले दम्पत्तिको स्वागतका लागि तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए आइसीसी सल्लाहकार डमर घले, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत हिथ्रो विमानस्थलको टर्मिनल २ पुगेका थिए ।

तमुधिं यूकेले नेपाली मेलाका अवसरमा सर्लाही बाढी पीडितको सहयोगार्थ संकलित रकम एनआरएनए आइसीसी अध्यक्ष घलेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।