लण्डन । नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बाग्लुंग जिल्लाको मध्य भागमा अवस्थित साबिकको सोह्र गाबिसहरुको क्षेत्र गल्कोट (ऐतिहासिक गल्कोट राज्य) तथा हालको नया संरचना अनुसार गल्कोट नगरपालिका र ताराखोला गाउपालिका देखि संयुक्त अधिराज्य वेलायतमा आई विभिन्न पेशामा संलग्न रहेका गल्कोटेहरु आफ्नो जन्म भूमिको बिकास र समृद्दीको लागि तथा वेलायतमा एक-आपसमा एकता र भ्रातृत्वको बिकास गर्ने मुख्य उद्देश्यले प्रेरित भइ जुलाई २६, २०१६ तारिकका दिन गठन भएको गल्कोट समाज युकेको प्रथम बार्षिकोत्सव एक भब्य समारोह सहित करिब आठ हजार पाउण्डको आपतकालीन राहत कोसको सुरुवात गर्दै यहि जुलाई २४ तारिकका सम्पन्न भयो ।
वेलायतको वेस्ट ब्रोमिच स्थित द कन्फेरेन्स सुइट मा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम र दोस्रो चरणमा सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो।
नेपालि राजदुताबास लण्डनका तृतीय सचिब श्री भुपेन्द्र घिमिरे ज्यु प्रमुख अतिथी रहेको औपचारिक कार्यक्रम गल्कोट समाज युकेका अध्यक्ष श्री रेसम बहादुर बुढाथोकीको अध्यक्षतामा सचिव पुष्प उप्रेती द्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटनमा नेपालि रास्ट्रीय धुन गुन्जाय पश्चात गल्कोट नगरपालिका वाड नम्बर ५ का वडा अध्यक्ष श्री नारायण ध्वज मल्ल र गल्कोट समाज युकेका अध्यक्ष श्री रेशम बुढाथोकीले संयुक्त रुपमा पानसमा दियो प्रज्वलन गरि गर्नुभएको थियो। कार्यक्रममा गल्कोट समाज युकेले आफ्नो स्थापनाको एक बर्समा गुमाएका समाजका सक्रिय युवा सदस्यहरु निशान भण्डारी र रेणु सापकोटा गैरेको स्मृतिमा एक मिनेट मौन धारण गरि उहाँहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गरिएको थियो ।
उपस्थित अतिथिहरुलाई गल्कोट समाज युकेको तर्फबाट उपाध्यक्ष गंगा गौतमले स्वागत मन्तब्य र स्कटल्याण्ड (एडिनबरा) निवासी कलाकार रुबिका बस्नेतले ‘मलाइ चौबन्दी चोलिले राम्रो देखियो’ बोलको गीतमा नृत्य तथा गल्कोट समाज युके द्वारा आमन्त्रित नौमती बाजा टोलीले नहरा बजाई स्वागत गरिएको थियो। कार्यक्रममा पर्यटकीय सम्भावना बोकेका गल्कोटका विभिन्न ठाउँका तस्विरहरु, सास्कृतिक तथा प्राकृतिक श्रोतहरु र गल्कोट समाज युकेले आफ्नो स्थापनाकाल देखि हालसम्म गरेका सामाजिक कार्यहरुको बारेमा काँचका पर्दामा देखाइएको थियो।
आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि नेपालि राजदुताबास लण्डन का तृतीय सचिब श्री भुपेन्द्र घिमिरे ज्युले गल्कोट समाज युके लाइ शुभकामना दिदै गल्कोट समाज युकेले सुरु गर्न लागेको आपतकालिन राहत कोषले सामाजिक कार्यमा कोसे ढुङ्गा साबित हुने बिश्वास गर्दै गल्कोट समाज युकेलाई आवश्यक सहयोग गर्ने जानकारी गराउनुभयो।
त्यसैगरि अतिथिहरु शान्ती नेपालि समाजका अध्यक्ष कृष्ण ढकाल, हाम्रो नेपालि समाज वेस्टमिडल्याण्डका अध्यक्ष कृष्ण प्रसाद शर्मा, मनकामना महिला समूह बर्मिंगघमकि अध्यक्ष श्रीमती सिता खरेल, सृजनशील लेस्टर नेपाल युके का अध्यक्ष प्रेम आलेमगर, पिटरबरो नेपाली समाजका अध्यक्ष पवन शर्मा, नेपलिज सेफ एसोसियन युकेका अध्यक्ष कृष्ण तिमिल्सिना, बिहुँकोट हेल्प नेटवर्कका अध्यक्ष दयानिधि सापकोटा, गुल्मी समाज युकेका कोषाध्यक्ष तारा भण्डारी, डेनमार्कका लागी नेपाल टुरिजम बोर्डका मानार्थ जनप्रतिनिधि सोम सापकोटाले शुभकामना मन्तब्य राख्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो।
त्यसैगरी गल्कोट नगरपालिकाका मेयर भरत गैरे र गल्कोट समाज जापान लगायत अन्य सस्थाहरुबाट प्राप्त शुभकामना सन्देशलाई कार्यक्रम संचालक पुष्प उप्रेतीले बाचन गर्नुभयो। कार्यक्रममा स्थानीय कलाकारहरु विनोद, विनीता, प्रकास, चंचल, दिप्ती सापकोटा, श्रेया खरेल, रमिला, रन्जिता, सरिता, आशा, उषा र अनुस्का पाठकले आफ्नो प्रस्तुति देखाउनुभएको थियो त्यस्तै स्वीन्डनबाट आउनुभएका गल्कोटे कलाकारहरु अशोक बुढाथोकी, सुबिर दर्लामी, भुवन बुढाथोकी, दुर्गा, अमिर, बिस्नु, शिला, राजकुमारी, आकृति र सबिता राना लागायतको टोलिले सोरठी नाच प्रस्तुत गर्नु भएकोथियो।
सास्कृतिक कार्यक्रमकै क्रममा नेपालदेखि वेलायत भ्रमणमा आउनुभएको बुवा रुद्रमणि कँडेलले संयोजन गर्नुभएको समूहले भजन प्रस्तुत गर्नु भएको थियो ।
त्यसैगरी बर्मिंगघमबाट झुमकालि समूहका कलाकारहरु सुरेश भण्डारी, टुलक रेग्मी, अजय सुवेदी, दीपा साहनी, रमा खत्री चन्द्र साहनी, लिला थापा, ललिता साहनी, बिष्णु थापा, रमा रेग्मी, निर्जा सुबेदी, लिल साहनी, अमर साहनी र राम साहनी लगायतको टिमले सालैजो र अस्ट्रेलियाबाट हाल बेलायत भ्रमणमा रहनु भएका कलाकार अस्मिता खरेलले आप्फ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।
नेपालका चर्चित लोकदोहोरी कलाकारहरु राजु ढकाल, याम क्षेत्री र जमुना राना साथमा युकेमा चर्चित नेपालि डिजे चन्द लामा र लिला थापा, राजेश मल्ल, डिल्ली गैरे, राम साहनी, भिम थापा, डिलु गैरेले संयोजन गर्नुभएको नौमती बाजा समुहको बिशेष प्रस्तुतिले कार्यक्रमको रौनकलाइ थप उचाई दिलाएको थियो ।
कार्यक्रममको लागि गसयुके कार्यसमिति सदस्य अजय सुवेदीको नेतृत्वमा स्वयमसेवक टोलि परिचालन गरिएको थियो ।
प्रमुख अतिथिको बिदाई गर्दै गल्कोट समाज युकेको तर्फबाट अध्यक्षले प्रमुख अतिथिलाइ चिनो स्वरूप गल्कोटको तस्विर प्रदान गर्नुभयो। आपतकालिन राहत कोष स्थापनार्थ आर्थिक सहयोग गर्नुहुने हिरक प्रायोजकहरुलाई भादगाउँले टोपि र सम्पूर्ण प्रायोजकहरुलाई प्रमाण-पत्र हस्तान्तरण गर्दै खादा द्वारा गल्कोट समाज युकेका अध्यक्षले सम्मान गर्नुभएको थियो भने नौमती बाजाको नहरा बजाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाइ सफल पार्न सहयोग गर्नुहुने कार्यासमितका सदस्यहरु, स्वयसेवकहरु, कलाकारहरु तथा प्रतक्ष-परोक्ष लागि पर्ने सम्पूर्ण सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गरि सस्थाका अध्यक्षले औपचारिक कार्यक्रमको समापन गर्नु भयो।
सांस्कृतिक कार्यक्रमको संयोजन गर्नुभएको गल्कोट समाज युके कार्यसमिति सदस्य डिलु गैरे द्वारा सञ्चालित अनौपचारिक कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरु राजु ढकाल, जमुना राणा र याम छेत्रीको साथमा नौमति बाजा र चाँद म्युजिकको डिजेको धमाकेदार प्रस्तुति रह्यो।
गल्कोट समाज युके र रेडियो स्कटल्याण्ड नेपाल बाट प्रतक्ष प्रसारित उक्त कार्यक्रम २००० बढीले अवलोकन गर्नुभएको थियो। उपस्थित महानुभावहरुलाई टेवलमै दुई पटकसम्म खाना खुवाउनु, काँचका पर्दामा गरिएको प्रसारण लगायत सरल र व्यवस्थित सञ्चालनले गल्कोट समाज युकेको कार्यक्रमलाई अन्य संघसस्थाको कार्यक्रम भन्दा अलि फरक महशुस गराएको थियो ।
गल्कोट समाज युकेले आफ्नो स्थापनाको छोटो समयमा नै विभिन्न सामाजिक कार्यहरु जस्तै पश्चिम बाग्लुंगका बाढीपहिरो पिडित सर्वसाधारण र बिद्यालयहरु देखि चितवनकि क्यान्सर पिडित बिरामी देखि गल्कोटका मेरुदण्ड भाँचिएका बिरामी देखि आफ्नो आमाबुवा गुमाएका दुइ बालकको पठनपाठनको लागी गरि करिव सात लाख रुपियाँ बराबरको सामाजिक कार्यहरु गरेको छ ।
समाजले सामाजिक कार्यहरुलाई अझ चुस्त र पारदर्शी बनाउने उदेश्यले गल्कोट समाज युके लाइ बेलायतको सेबामुखी सस्थाहरु अनुगमन गर्ने सस्था Charity Commission मा दर्ता गर्ने प्रक्रियालाइ अन्तिम चरणमा पुर्याएको छ ।






