लण्डनमा नेपाली मेला २७ अगष्टमा

लन्डन- तमुधिं यूकेले आगामी अगष्ट २७ तारिख आइतबार लन्डनमा नेपाली मेला आयोजना गर्ने भएको छ ।

केम्पटन पार्क रेस कोर्स, सनबरी थेम्स्मा मेला हुन लागेको मेला बिहान साढे १० देखि साँझ ८ बजेसम्म चल्नेछ ।

बेलायतस्थित दर्जनौं संघसंस्थाको प्रत्यक्ष सहभागिता रहने उक्त मेलाले मिनी नेपाल अर्थात नेपाली कला, संस्कृति र भेषभुषा झल्काउने गर्छ ।

मेलामा ब्रिगेड अफ ब्याण्ड र नेपाली युवाहरुको सांगीतिक प्रस्तुति, एम्बेसेडर कप, सांस्कृतिक झांकी प्रतियोगिता, ट्होटे पर्व, मनोरन्जनात्मक खेल, नेपाली खाना तथा उत्पादनहरुका स्टल आदि आकर्षणका रुपमा रहने तमुधिं यूकेका अध्यक्ष ग्याम गुरुङ्ले जनाएका छन् ।यसलाई सांस्कृतिक पर्वकै रुपमा लिइन्छ ।

IMG_2064