लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक खुमन अधिकारीको फेरी अर्को नयाँ तीज गीत सार्वजनिक भएको छ ।
समाजमा घट्ने हरेक राम्रा र नराम्रा घटनालाई टपक्कै टिपेर गीत बनाउन सिपालु गायक अधिकारीले यस्तै बिषयबस्तुमा “चौकिदार” बोलको नयाँ तीज गीत सार्वजनिक गरेका छन् ।
उक्त गीतमा लय, शब्द तथा स्वर स्वयंम अधिकारीको रहेको छ भने गायिका कोपिला छिनाल ले साथ दिएकी छिन् ।
गायत्रि थापाले निर्देशन गर्नु भएको भिडियोलाई कनर चैसिरले छायांकन गरेका हुन् ।






