ओखलढुंगा अपडेटः कहाँ कसको अग्रता ?

ओखलढुंगा–ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर एकको मतगणना जारी छ ।

पछिल्लो ४ सय मत गनिसक्दा कांग्रेसबाट मेयरका उम्मेद्वार डिल्लीराम खनालले अग्रता लिएका छन् ।
उनले २ सय २८ मत ल्याएका छन् भने नेकपा एमालेबाट मेयरका उम्मेद्वार मोहन कुमार श्रेष्ठले १६५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट मेयरका उम्मेद्वार रुपेश शाक्यले तीन मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट उप मेयरका उम्मेद्वार हेमालक्ष्मी राईले २ सय ३० , नेकपा एमालेका ईच्छा गुरुङले १ सय ६४ ल्याएका छन् ।

माओवादी केन्द्रबाट भने उपमेयरका उम्मेद्धवार बनेकी चन्द्राकुमारी फुयालले खाता समेत खोलेकी छैनन् ।

वडा नम्बर १ का नेपाली कांग्रेसका वडा अध्यक्ष तीर्थ कोइरालाको २ सय ३२ र एमालेका केदार बाबु बस्नेतको १ सय ६१ मत आएको छ । १३ सय ४१ मतदाता रहको यस वडामा ९ सय ७३ मत खसेको छ ।

त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा दुई वडाबाट मतगणना गरिएको छ ।
त्यहाँ वडा नम्बर १ र वडा नम्बर १० बाट मतगणना गरिएको छ । पछिल्लो परिणाम अनुसार काग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेद्वार मोतिराज राईको १ सय २८, नेकपा एमालेका रुपलाला तामाङको २३ , माओवादी केन्द्रका युवराज राईको १ सय २१ र संघीय समाजवादीका श्यममाया राईको ८ मत आएको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट उपप्रमुखका उम्मेद्धवार सविता राईको १ सय ,एमालेका भावना राईको २० ,माओवादी केन्द्रका चम्पासरी राईको १ सय १८ र संघीयका दिपेन्द्र रुम्दालीको ४८ मत भएको निर्वाचन अधिकारीले जानकारी दिए ।

यस्तै लिखु गाउँपालिकामा भने वडा नम्बर ९ बाट मतगणना भैरहको छ ।

त्यहाँको पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसका गाउँपालिका प्रमुख अशोक कार्कीको ४६, एमालेका गोबिन्द बहादुर पौडेलको ७९ र माओवादी केन्द्रका खड्ग योगी अनिलको ६२ मत आएको छ ।
उपप्रमुखमा भने कांग्रेसबाट मन्दिरा दाहालले ३५,एमालेका शान्ता ढुंगेललको ७४ र माओवादी केन्द्रका दुर्गा पौडेल सुबेदीको ७६ मत आएको छ ।
चिशंखुगढी,सुनकोशी,चम्पादेबि, र मोलुङमा भने भर्खर मत गन्न थालिएको छ । खिजीदेम्बामा भने सर्बदलिय बैठक बसिरहेको छ ।