चर्को दवाबपछि एमालेले आह्वान गरेको चितवन बन्द फिर्ता

चितवन– भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुचारु गर्न माग गर्दै नेकपा एमालेले बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता लिएको छ ।

सामाजिक सञ्जालदेखि हरेक क्षेत्रबाट बन्द फिर्ता लिन आग्रह गरिएपछि एमालेले अन्तत: राति बन्द फिर्ता लिएको हो ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले नारायणी अनलाइनसँग कुरा गर्दै मतगणना सम्बन्धि आयोगले दिएको निर्देशन र आम चितवनबासीको आग्रहले बिहीबारको बन्द फिर्ता लिइएको जानकारी दिनुभयो ।