कस्ले पाउला एनआरएन अन्तराष्ट्रिय पुरस्कार:

 लन्डन
एनआरएन यूकेले स्थापना गरेको एनआरएन अन्तराष्ट्रिय पुरस्कार अब कस्ले पाउला भन्ने चर्चा सुरु भएको छ । गत २ बर्ष देखि निस्कृय रहेको पत्रकार अक्षय कोषको संचालक समिति गठन भए पछि सबैको चासो बढेको छ । एनआरएनका अनुसार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले गत हप्ता अक्षय कोष संचालनको जिम्मा पत्रकारद्धय चिरन शर्मा र संगिता मरहठ्ठालाई दिएका छन् ।
 नेपाल पत्रकार महासंघ यूकेको पहलमा यो अक्षय कोष सकृय भएको हो । अक्षय कोषमा हाल १६ लाख रुपैया रहेता पनि त्यसमा बृद्धी गरिने सोच  एनआरएन र पत्रकार महासंघ यूकेको छ । गैरआवासीय नेपाली संघको अभियानलाई सहयोग पुयाउने स्वदेश तथा विदेशमा बसेर कलम चलाउने एक-एक जना पत्रकारलाई १ लाख १ हजार रुपैंया बराबरको नगद पुरस्कार दिने उद्देश्यसहित कोषको स्थापना गरिएको हो । थप १ जना सदस्य भने आइसीसीले पछि तोक्ने एनआरएनले जनाएको छ । सो समितिलाई अक्षय कोष सञ्चालन तथा समयानुसार आवश्यक नियमावली संशोधन गर्ने जिम्मेवारी दिइएको छ । पत्रकार महासंघ यूके शाखाले पटक-पटक एनआरएन अध्यक्ष शेष घलेलगायत आईसीसी सदस्यलाई अक्षय कोषको सञ्चालनका लागि आग्रह गरेको अध्यक्ष शर्माले बताए । उनले भने, हामीले पहिलेदेखि नै अक्षय कोष जुन उद्देश्यले स्थापना गरिएको हो, त्यहीअनुरुप सञ्चालन गर्न माग गर्दै आएका थियौं, हाम्रो आवाज एनआरएनएले सुनेछ, यो सुखद् निर्णय हो ।’ गैरआवासीय नेपाली संघ यूकेले १६ लाख रुपौयाँको अक्षय कोष स्थापना गरी ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारीता पुरस्कार’ घोषणा गरेको थियो । शर्माले कोष स्थापनाका लागि पहल कदमी उठाउने सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।