गुल्मीका दुई वालीकालाई गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष थापाको पहलमा ४ लाख ८५ हजार सहयोग प्रदान (भिडियो सहित)

जनार्दन घिमिरे,
लण्डन । गुल्मी जिल्लावाट विभिन्न कामको शिलसिलामा युरोपमा पुगेका नेपालीहरुको सामुहिक प्रयासवाट सानो उमेरमै अकालमै आफ्ना वावुआमा गुमाएका गुल्मीका दुई वालीकाहरुलाई आर्थिक सहयोग प्रदान भएको छ । गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवं नौमती वाजा समूहका अध्यक्ष ओम थापा र यम गुरुङ्गको संयोजकत्वमा ४ लाख ८५ हजार ५ सय ५० रुपैयाँ रकम संकलन गरि ती वालीकाहरुलाई सहयोग उपलव्ध गराईएको हो ।
यसरी सहयोग पाउने वालीकाहरुमा गुल्मी जिल्ला मदाने गाउँपालीका ७ अन्र्तगत टिमुरखर्क निवासी १३ वर्षीय जमुना र १७ वर्षीय मिना घर्ति रहेका छन् । लण्डन स्थीत गुल्मी जिल्ला समाज यूकेका वर्तमान अध्यक्ष राम गलामी सहित सम्पूर्ण कार्यसमिति, सल्लाहकार एवं त्यहाँ रहेका १ सय ३० जना सदश्यहरुको सामुहिक प्रयासवाट रकम संकलन गरिएको सहयोग संकलन अभियानका संयोजक थापाले बताउनु भएको छ ।
संकलन गरेको उक्त रकम माननीय सभासद चन्द्र भण्डारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना, राजनीतिक दलहरु, नागरिक समाजर सुरक्षा प्रमुख एवं संचारकर्मीहरुको रोहवरमा वालीकाहरु जमुना र मिनालाई एक कार्यक्रका विच जिल्ला प्रशासन कार्यालयमा हस्तान्तरण गरिएको हो । रकम हस्तानतरणपछि ती वालीकाहरुले आफ्नो दुखमा सहयोग पुराउने सवैमा आभार व्यक्त गर्दै आफुले पाएको रकमलाई आफ्नो अध्यनमा खर्चने बताएका थिए । आशा अपांग केन्द्रकी उपाध्यक्ष गंगाा रायमाझीद्वारा संयोजन गरिएको उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुंगानाले विदेशमा रहेर पनि स्वदेश र आफ्नै जन्मभूमिमा परोपकारी कामको लागि सहयोग पुराउँदै आउनु भएका सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

sahayog4
आर्थिक रुपमा अति विपन्न परिवारका यी दुई वालीकाहरुले १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटना आफ्ना वावुलाई गुमाएका थिए भने हाल दुई महिना अघिमात्र मजदुरी गरेर छोरीहरुलाई हुर्काउँदै आएकी ४५ वर्षीय आमा वालकुमारी घर्तिलाई दुवै मृगौला फेल भएका कारण खर्चको अभावमा उपचार गर्न नसकेर अकालमै गुमाउन विवश बनेका थिए । आर्थिक रुपमा विपन्न उक्त परिवारलाई गाउँवासीहरुले चन्दा उठाएर आमाको दाहसंकार गरिदिएका थिए भने छोरीहरुले चन्दा मागेर आमाको किरिया सम्पन्न गरेका थिए । ति वालीकाहरुको सहयोगका लागि स्वदेश तथा विदेशवाट गरि हालसम्म १२ लाख रकम संकलन भै सकेको छ ।

https://youtu.be/2MXPvWxNgG0