खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाका राजन खड्काको कपास उद्योगमा आगोलागी भएको छ ।
मंगलबार दिउँसो विद्युत सर्ट भइ देवीथान कपास उद्योगमा लागेको आगोले उद्योग पूर्णरुपमा जलेर नस्ट भएको छ ।
आगोलागीमा उद्योग घर, उपकरण, कपासलगायतका सामान जलेर नस्ट भएका छन् ।
आगोलागीबाट ३५ सय केजी रुवा, एक मेसिन, दुईथान ग्यास, चारओटा मोबाइल, उद्योग घर, उपकरण र दैनिक उपभोग्य वस्तुहरु जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आगोलागीबाट २३ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।






