बैंकक – थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १००० सिक्का निकालिएको कछुवाको ब्लड पोइजनिङका कारण मृत्यु भएको छ ।
उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो । आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि उक्त कछुवाको दोस्रोपटक अप्रेसन गरिएको थियो ।
थाइल्यान्डको एक प्रान्तमा रहेको सार्वजनिक पोखरीमा घुम्न जानेहरुले आफ्नो ‘गुड लक’को रुपमा सिक्का फाल्ने गर्दथे । ‘पिग्गी ब्याङ’को नामले चिनिने उक्त कछुवाको पेटबाट निकालिएका सिक्काहरुको तौल पाँच किलोग्राम थियो ।






