सिड्नी । सोमबार सिड्नीको कंगारु नदीमा एक नेपालीको डुबेर मृत्यु भएको छ ।
साथीभाई र परिवारसँग पिकनिकका लागि सिड्नीको दक्षिण पश्चिीमी इलाका कंगारु भ्यालीको कंगारु नदी क्षेत्रमा गएका २४ बषिर्य सुजन शर्माको नदीमा डुबेर मृत्यु भएको हो ।
सन् २०१३ मा अष्ट्रेलिया आएका सुजन सिड्नीको बेल्मर क्षेत्रमा बसोबास गर्दथे ।
लाइफ ज्याकेट निकालेर पाैडी खेल्न गएका सुजन त्यहीँ डुबेका थिए । उनीहरूमध्ये कसैलार्इ पनि राम्रोसँग पाैडी खेल्न नअाउने भएकाले तत्कालै उद्दार हुन सकेन । उद्दार टोलीले तीन घण्टापछि उनको शव नदीबाट निकालेका थिए ।






