बेलायती प्रसिद्ध गायक जर्ज माईकलको निधन

लण्डन । बेलायती प्रसिद्ध गायक जर्ज माईकलको  क्रिश्मसकै दिन बेलायतको अक्सफोर्डशायरमा निधन भएको छ ।

थेम्स भ्याली प्रहरीका अनुसार उन्को मृत्यु अस्वभाविक भएतापनि संकास्पद अवस्था नरहेको बताईएको छ। उनी ५३ बर्षका थिए र मृत्युको कारण निमोनिया भएको जनाईएको छ।

क्रिश्मसको समयमा सबै भन्दा बढि सुनिने गायक जर्ज माईकलको लोक प्रिय पंक्ति यस प्रकार छ ।

‘गएको क्रिश्मसमा, मेरो मुटु तिम्लाई दिएँं
तर भोली पल्टै तिम्ले टुक्राई दियौ,
यो बर्ष, आँशू बाट बच्न
म कोही विशेषलाई दिनेछु’