लोकमानलाई कालोमोसो दल्ने भन्छन्, ‘हुलमूलमा अरुसँगै छिर्यौँ’

????????????????????????????????????

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुवै युवाले पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार कार्कीलाई आफूहरुले कालोमोसो दलेका बताएका छन् ।

महानगरीय प्रहरी परिसर टेकुस्थित कार्यालय परिसरमा कुरा गर्दै नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश शाहीले भने ‘भ्रष्टाचारीहरुलाई कारवाही गर्ने क्रममा उहाँ निसानामा पर्नुभएको हो । पार्टीको पूर्वयोजनाअनुसार कार्कीलाई कालोमोसो दलिएको हो ।’

उनीसँग अर्का केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा पनि पक्राउ परेका छन् । उनीहरुलाई बिहिबार नियन्त्रणमा लिएर ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले प्रहरीलाई अनुमति दिइसकेको छ ।

पत्रकार तथा सर्वसाधारणलाई भित्र छिर्न निकै कठिन हुने सर्वोच्च अदालतको इजलासमै गएर कसरी यी युवाले लोकमानलाई कालोमोसो दले होलान् ? अहिले यसमा चासो दिइएको छ ।

तर, उनीहरुकै भनाइअनुसार कार्कीको पेसी परेकै कारण धेरै पत्रकार तथा अन्य नागरिक पनि भित्र गएकाले हुलमूलमा को गयो भन्ने त्यहाँका सुरक्षाकर्मीले थाहै पाएनन् । दुवै जना हुलमुलमा भित्र छिरेको जानकारी दिएका छन् ।